Logo

अमेरिकी एकाधिकारको अन्त्य गर्दै चीनले आफ्नै जीपीएस प्रणाली बनाउँदै, २०२० को मध्यमा सञ्चालनमा आउने

अमेरिकी एकाधिकारको अन्त्य गर्दै चीनले आफ्नै जीपीएस प्रणाली बनाउँदै, २०२० को मध्यमा सञ्चालनमा आउने



काठमाडौं । चीनले आगामी बर्षको पहिलो ६ महिनाभित्रै आफ्नो ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली सार्वजनिक गर्ने भएको छ । चीनले अमेरिकी वायुसेनाको जीपीएस प्रणालीको पहिलो प्रतिद्धन्दीका रुपमा उक्त जीपीएस प्रणाली सार्वजनिक गर्ने शुक्रबार बताएको हो । ‘बिग डिपर’ नाम राखिएको उक्त जीपीएस चीनको स्याटेलाईट नेटवर्क ‘बाईडु’ अन्तरगत संचालित हुनेछ ।

laxmi

‘निक्की एशियन रिभ्यु’को प्रतिवेदनअनुसार हालसम्म चीनभरका करिव ७० प्रतिशत स्मार्टफोनहरु यो सेवा उपयोग गर्न सक्षम छन । त्यसैले चीनले यसमा ठुलो सम्भावना देखेको छ । बाईडु नेटवर्कवलाई चीनमा फाईभजी प्रविधिको प्रमुख श्रेय मानिन्छ । उक्त जीपीएस सार्वजनिक भएपश्चात जीपीएसमा अमेरिकी एकाधिकारको अन्त्य हुनेछ ।

चीनले बाईडु सिस्टममार्फत जीपीएस सेवा संचालन गर्नका लागि सन २०२० को जुलाईसम्म २ ओटा स्याटेलाईट प्रक्षेपण गर्ने योजना बनाएको छ । चीनले बाईडु नेटवर्क र फाईभजीको सम्मिश्रणसहितको उक्त जीपीएस प्रणाली बनाउन लागेको हो ।

जसको परीक्षण २८ किलोमिटरको सडकमाथि एक गाडीमा गरिनेछ । बाईडुसँग हाल १ सय २० भन्दा बढी यस प्रोजेक्टमा काम गर्न ईच्छुक साझेदारहरु रहेका छन । चीनले उक्त जीपीएस सार्वजनिक पछि चीन सुरक्षाको मामलामा अझ बलियो हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL