Logo

द्रुतमार्ग निर्माण क्रममा २७ हजार रूख कटान, ११ हजार रूख भने सुरुङ निर्माणका क्रममा काटिने

द्रुतमार्ग निर्माण क्रममा २७ हजार रूख कटान, ११ हजार रूख भने सुरुङ निर्माणका क्रममा काटिने



काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं दु्रतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौं दु्रतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए ।

laxmi

तत्काल उक्त संख्यामा रूख काट्नै पर्ने भएकाले काटेको र बाँकी रहेका ११ हजार १ सय रूख भने अहिले नकाटे पनि हुने उनको भनाई रहेको छ । बाँकी रहेका ११ हजार १ सय रूख सुरुङ निर्माणका क्रममा काटिनेछ । सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा १ सय मिटरसम्मका रूख काट्नुपर्ने भनी वन मन्त्रालयसँग अनुमति लिइएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीले बताए ।

दु्रतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले जानकारी दिएको छ । वन मन्त्रालय मातहत रहेर काटिएका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको छ ।

वातावरणीय मापदण्डअनुसार १ रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब १ लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ । सेनाले काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम समेत सुरु गरिसकेको छ । त्यसअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब ५ हजार बिरुवा रोपिसकेका छन छ ।

बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL