Logo

सीता एयरको भद्रपुर–ताप्लेजुङ उडान सुरु, यही हप्ता लुक्लामा पनि उडान गर्ने

सीता एयरको भद्रपुर–ताप्लेजुङ उडान सुरु, यही हप्ता लुक्लामा पनि उडान गर्ने



काठमाडौं । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान सुरु गरेको छ । सोमबारदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्काको समेत उडान गर्ने जानकारी दिएको छ ।

laxmi

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिएका छन । उनले ती क्षेत्रका उडानले भ्रमण वर्ष २०२० लाई सफल बनाउने विश्वास व्यक्त गरे ।

उनका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ । हरेक दिन बिहान ७ बजे भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ । यात्रुको रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौंसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL