Logo

बुद्ध एयरको जहाज मंगलबार नेपाल आउँदै, भदौ अन्तिममा अर्काे ल्याउने तयारी

बुद्ध एयरको जहाज मंगलबार नेपाल आउँदै, भदौ अन्तिममा अर्काे ल्याउने तयारी



काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरको नयाँ जहाज मंगलबार नेपाल आईपुग्ने भएको छ । कम्पनीले शनिबार नै २ ओटा नयाँ एटिआर जहाज नेपाल भित्र्याउने बताएपनि मंगलबार एउटामात्रै जहाज नेपाल आईपुग्ने भएको हो

निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले नयाँ जहाज भित्र्याउने होडबाजी अनुसार बुद्धले २ ओटा नयाँ जहाज थप्ने घोषणा गरेको थियो । सोही अनुसार मंगलबार दिउसो एटीआर ७२ जहाज भारतबाट नेपाल आईपुग्ने छ । अर्काे जहाज भने केही दिन पछिमात्रै ल्याउने कम्पनीका बजार व्यवस्थापक रुपेश जोशीले जानकारी दिए ।

उनका अनुसार शनिबार उक्त जहाज आईपुग्ने भनिएपनि प्राविधिक कारणले जहाज नेपाल आउन नसकेको हो । बुद्ध एयरको अर्काे जहाज भने भदौको अन्तिम सातामात्रै नेपाल आईपुग्ने भएको छ । बुद्धले हाल १२ ओटा जहाजमार्फत आन्तरिक र बाह्य उडान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL