Logo

नेपाल स्याटेलाईटको लाईसेन्स खारेज, ८० करोड बक्यौता उठ्न बाँकी

नेपाल स्याटेलाईटको लाईसेन्स खारेज, ८० करोड बक्यौता उठ्न बाँकी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणलाई समयमै बक्यौता तिर्न नसकेपछि नेपाल स्याटेलाईटको खारेज भएको छ । नेपाल स्याटेलाईले प्राधिकरणलाई बुझाउनुपर्ने विभिन्न शिर्षकको बक्यौता तिर्न नसकेपछि उसको अनुमतिपत्र स्वतः खारेज भएको हो । यस्तै आईतबार बसेको प्राधिकरणको बोर्ड बैठकले भदौ १ गतेसम्म अन्तिम मिति रहेको नेपाल स्याटेलाईट अर्थात हेल्लो नेपालको लाईसेन्स खारेज गर्ने निर्णय गरेको हो ।

laxmi

हेलो नेपालले आफ्नो फ्रिक्वेन्सी दस्तुर वापतको ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ । कम्पनीलाई प्राधिकरणले भदौ १ गते अर्थात आईतबार सम्मका लागि बक्यौता तिर्ने अन्तिम म्याद दिएको थियो । कम्पनीले पहिलो किस्तावापतको पैसा नै समयमै नतिरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता समयमै नतिर्ने वेबसर्फर र टासी कम्युनिकेसनको भने लाईसेन्स खारेज भईसकेको छ । सबैभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको स्मार्ट टेलिकमले भने केही पैसा तिर्दै बाँकी रकम ३ महिनाभित्र बुझाउने बताएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

हेलो नेपाल मोबाईल सेवा संचालन गर्ने भनी २०६४ सालमा लाईसेन्स लिएको नेपाल स्याटेलाईट व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको छ ।

कम्पनीले प्राधिकरणको नियममा चित्त नबुझेमा दूरसंचार ऐनको दफा ४ बमोजिम मन्त्रालयमा ३५ दिनभित्र पुनरावेदन समेत दिएर आफ्नो लाईसेन्स खारेज हुनबाट जोगाउन सक्ने प्राधिकरणका प्रवक्त मिनप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL