Logo

सय अंक घटेपछि नेप्सेलाई टेवा

सय अंक घटेपछि नेप्सेलाई टेवा


रामराजा श्रेष्ठ
0
Shares

भुकम्प अघिकै अवस्थामा फर्कियो बजार : विज्ञ । 

बिजखबर संवाददाता

१६ जेठ, काठमाडौं । गत वैशाख १२ मा आएको महाभुकम्प र त्यसपछिका लगातारका पराकम्पनका कारण बन्द भएको सेयर बजार गत साता खुले पनि एक हप्तामै नेप्से परिसूचक ९७ अंक घटेको छ । भुकम्पअघि ९ सय ३८ अंकमा बन्द भएको नेप्से भुकम्प पछि बजार खुलेको पहिलो सातामा ९ सय ४१ अंकमा झरेको हो । नेप्सेको पछिल्लो करीब १ वर्षको रेखाचित्र विश्लेष्लेषण गर्दा हालको स्तरमा पटक पटक टेवा पाएको देखिएको छ ।

यसबाट नेप्से धेरै नघट्ने संभावना बलियो देखिएको सेयर विश्लेषकहरुले बताए । सेयर लगानीकर्ता तथा विश्लेषकहरुले भुकम्पका कारण पूँजी बजार परिसूचक करीब १ सय अंकसम्म घट्न सक्ने आँकलन गरेका थिए । गत विहीवार बजार बन्द हुँदा नेप्से ४ अंकभन्दा धेरैले बढेको र कारोबार रकममा समेत सुधार भएकाले अब सेयर बजार उकालो लाग्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमल्सिनाले बताए । सेयर विश्लेषक रविन्द्र भट्टराईले पनि पूँजी बजार भुकम्प अघिकै अवस्थामा फर्किएकाले अब स्वभाविक उतारचढावमा देखिने बताएका छन् ।

 

साताका सूचकांकहरु

nepse

गत साता उच्च गिरावट भएको नेप्सेमा १ सय ११ कम्पनीको सेयर कारोबार भएको छ । यस अवधिमा ५ हजार १ सय ४७ कारोबारबाट ७४ करोड ५७ लाख ३१ हजार रुपैयाँ बराबरका १९ लाख १४ हजार ७ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
गत विहीवार नेप्से परिसूचक ८ सय ४१ दशमलव ९६ अंकमा पुग्यो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १५ दशमलव ८९ अंकले घटेर १ सय ७९ दशमलव ९ अंकमा आईपुगेको नेप्सेले जानकारी दिएको छ ।

गत साता कारोबार रकम (आठ करोड ८८ लाख ७० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स क. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ४३ हजार कित्ता) को आधारमा प्रभु बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (३७० वटा) को आधारमा चिलिमे हाइड्रोपावर क. अग्रस्थानमा रहेको छ ।

गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्
MBL