Logo

तिनकुनेको आर्कब्रीजमा पप्पु कन्स्ट्रक्सनको गम्भिर त्रुटी, ठेकेदारलाई कारवाही गर्न निर्देशन (प्रतिवेदन सहित)

तिनकुनेको आर्कब्रीजमा पप्पु कन्स्ट्रक्सनको गम्भिर त्रुटी, ठेकेदारलाई कारवाही गर्न निर्देशन (प्रतिवेदन सहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्माण सम्पन्न भईसक्नुपर्ने १ बर्ष वितिसक्दा पनि नबनेको तिनकुनेस्थित बागमती पुलमा पप्पु कन्स्ट्रक्सनले गम्भिर त्रुटी गरेको पाईएको छ । संघिय संसदको विकास तथा प्रविधि समितिले हाल निर्माणाधिन उक्त पुलमा विभिन्न किसिममा भौतिक त्रुटीहरु फेला पारेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

laxmi

स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समितिले शुक्रबार ८६ मिटर लामो उक्त पुलका पाईलहरु तोकिएको भन्दा कम लम्बाईका बनाईएका तथा २ पाईल भाँचिन लागेको जानकारी दिएको छ । २०७३ मा डिजाईन पास भएको उक्त पुलको पाईल २९ दशमलव ५ मिटर गहिरोसम्म १६ ओटा राख्नुपर्ने भएपनि हाल १६ दशमलव ५ मिटर गहिरोसम्म मात्रै उक्त पाईल राखिएकोमा २ ओटा पाईल भने क्र्याक भएको प्रतिवेदनले देखाएको छ ।

उक्त पाईलमा त्रुटी देखिएपश्चात त्यसको समाधान गरेर मात्रै काम अघि बढाउन काठमाडौं उपत्यका सडक सुधार आयोजनाले निर्देशन दिएपनि ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्देशनको पालना नै नगरी पुलको सबस्ट्रक्चरका साथै स्ल्याब ढलान गर्न लागेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यस्तै उक्त पुलको परिमार्जित डिजाईन भएपनि सोही अनुसार काम अघि नबढाइएको पनि प्रतिवेदनमा उल्लेख छ । उक्त पुलको परिमार्जित डिजाईनमा काम गर्न समितिले सुझाव दिएको छ । यस्तै समितिले विभिन्न आयोजनाको काम अघि बढाउनका लागि आयोजनाको पुर्वतयारी गरेर मात्रै काम अघि बढाउन समेत सुझाव दिएको छ । यस्तै निर्देशन विपरित काम गर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्नका लागि पनि सरकारसमक्ष समितिले सुझाव दिएको छ ।

डिजाईन एन्ड विल्डमा बनाउन ठेक्का भएको उक्त पुलको कुल लागत ३० करोड ८५ लाख रहेको छ । तर पप्पु कन्स्ट्रक्सनले ६ करोड ६२ लाख रुपैयाँ खर्च गरिसकेको छ । साविकको २ लेनको पुलको दुबैतिर आर्क ब्रीज बनाउने भनेपनि एकातिरको अघि बढेको काम पनि त्रुटीपुर्ण भेटिएको हो ।
यस्तो छ समितिको प्रतिवेदन :

पुलको वर्तमान अवस्था एवं देखिएका समस्याहरुः

अरनिको राजमार्गको तीनकुने स्थित बाग्मती नदी (कोटेश्वर तर्फ जाँदा) को बायाँ तर्फ निर्र्माण भईरहेको पुलको लम्बाई ८६ मि. र चौडाई १७.२० मि. रहेको ।
२९.५ मिटर गहिरो(लम्बाई)का १६ वटा (१२०० mm) पाइल्स (एष्भिक) निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको पाईयो । तर निर्माण व्यवसायीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र २(दुई) वटा पाइल्स अचबअप भएको प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्वद्ध कर्मचारीबाट जानकारी भयो ।
निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिए पश्चात काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन भएको तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइयो ।
आयोजनाले पुल च्भ(मभकष्नल गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएपछि व्यवसायीले च्भ(मभकष्नल तयार गरी पेश गरेको तर सो परिमार्जित डिजाइनमा चित्त नबुझेपछि आयोजनाले उक्त डिजाईन इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा पठाएको जानकारी प्राप्त भयो ।
पुलमा देखिएको समस्या समाधानका लागि इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा पठाइएको डिजाईन तहाँबाट परिमार्जित भई हालसम्म प्राप्त हुन नआएको सडक विस्तार आयोजना मार्फत जानकारी प्राप्त भयो ।
सडक विस्तार आयोजनाले आयोजना पूर्व तयारी सम्पन्न नगरि ठेक्का लगााएकाले ढल, खानेपानीको पाइप र बिजुलीको पोल हटाउनै ६ महिना लागेकाले पनि आयोजनाको काम समयमै आरम्भ हुन नसकेको तथ्य पनि जानकारीमा आयो ।
पुल निर्माणका लागि नदीमा ठड्याईएका फलामका फर्मा(टेको)हरुले बस्ती डुबानमा परेको स्थानीय बासिन्दाहरुको गुनासो आएपछि समिति सभापतिबाट तत्कालै फर्माहरु हटाएर सम्भावित डुबान रोक्न निर्देशन भयो र आयोजना तथा निर्माण व्यवसायीले फर्मा हटाउने प्रतिवद्धता व्यक्त गरे ।
पुल निर्माणका क्रममा तीनकुने खण्डमा निर्माण गरिएको संरचनाले मानवीय दुर्घटना हुने सम्भावना देखिएकाले त्यस्ता संरचनाहरुको तत्काल व्यवस्थापनका लागि पनि निर्देशन भयो ।

निष्कर्ष तथा सुझाव
– अरनिको राजमार्गको तीनकुने स्थित बागमती नदीमा निर्माणधीन पुलमा देखिएको समस्या समाधानका लागि सडक विस्तार आयोजनाले तत्काल इञ्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अघि बढाउने व्यवस्था मिलाउनुपर्ने ।
– Design & Build मोडलमा निर्माण भैइरहेका अन्य सडक तथा पुलहरुमा उत्पन्न हुन सक्ने समस्याहरुको तत्काल समाधानका लागि उचित व्यवस्था गर्ने ।
– Design & Build मोडलका अन्य काम अघि बढाउँदा आईपर्न सक्ने सम्भावित समस्याहरुको समाधानको यथोचित उपाय ठेक्का लगाउनु अघि नै समाधान गर्न सक्ने परामर्शदाता वा निकाय छनौट गरिसक्नुपर्ने ।
– आयोजना पूर्व तयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने ।
– काम अघि नबढाउन निर्देशन दिँदा दिदै पनि अटेर गरि निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने ।
– निर्माण कार्यको प्रकृति(नेचर) हेरेर बिभिन्न सिफट्हरुमा विभाजन गरि अघि बढेका कार्यहरुको अनुगमन तथा निरिक्षणका लागि जुनसुकै समयमा कार्यक्षेत्रमा आयोजना सम्वद्ध पदाधिकारीहरु उपस्थित हुनुपर्ने ।
– निर्माण कार्यको गुणस्तर कायम गर्न आयोजना सम्वद्ध पदाधिकारीहरुले आवश्यकता अनुसार पटक पटक प्राविधिक परिक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL