Logo

क्षतीग्रस्त उद्योगको विवरण अझै आएन, चाँडै पेस गर्न निर्देशन

क्षतीग्रस्त उद्योगको विवरण अझै आएन, चाँडै पेस गर्न निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ जेठ,काठमाडौं । उद्योग विभागले सुचना जारी गरेको झण्डै १ महिना पुग्नलाग्दा पनि हालसम्म कुनै पनि उद्योगले क्षतीको विवरण पेस गरेको छैन ।  विभागले भुकम्प आएको भोलिपल्ट आफ्नो वेब साइट तथा गोरखापत्र दैनिकमा क्षतीग्रस्त उद्योगहरुलाई क्षतीको विवरण पेस गर्न सुचना जारी गरेको थियो ।

त्यसमा कुनै पनि उद्योग व्यवसायीले चासो नदेखाएको विभागमा महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘हामीले सूचना जारी गरि कुन उद्योगमा कति क्षती भएको छ ल्याउन भनेका छौं, उनले भने हालसम्म एउटा उद्योगले पनि चासो देखाएको छैन ।’  उनका अनुसार क्षतीग्रस्त उद्योगलाई राहत उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको हो ।  विवरण पेस गरेको अवस्थामा विभागले सरकार समक्ष बजेट विनियोजन गर्न आग्रह गर्नेे न्यौपानेले जानकारी दिए ।

सरकारले राहत उपलब्ध गराउने कुरामा विस्वस्थ नभएर विवरण पेस नगरेको उनको अनुमान छ ।

 भुकम्प प्रभावित क्षेत्रमा धेरै उद्योग नभएकोले यस क्षत्रमा ठूलो क्षती भने नभएको न्यौपाने बताउँछन् । त्यस्तै भुकम्पले तुलनात्मक रुपमा साना उद्योगमा क्षती पुर्याएको विभागले बताएको छ । विशेषगरी इट्टा भट्टामा यसको प्रभाव देखिएको छ ।

विभागले अनलाइन बाट क्षतीग्रस्त उद्योगको विवरण पेस गर्ने व्यवस्था मिलाएको छ । सो विवरणमा मानवीय क्षती भौतिक क्षती उल्लेख गर्नुपर्छ । त्यस्तै बीमा गरेको भए दाबी रकमका साथै साथमा क्षती प्रमाणित हुने कागजात बुझाउन पर्ने बताइएको छ ।

उद्योगको नाम,स्थान विभागमा दर्ता भएको मिती सञ्चालकको ना तथा उद्योगको बर्ग उल्लेख गर्नुपर्ने छ । साथै उद्योगको बार्षिक क्षमता,सञ्चालनको अवस्थाका बारेमा पनि विवरणमा उल्लेअख गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL