Logo

भुकम्पको १३ औं दिन, ७ हजार ७ सयको ज्यान गयो

भुकम्पको १३ औं दिन, ७ हजार ७ सयको ज्यान गयो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२४ बैशाख,काठमाडौं । नेपालमा ७ दशमलव ९ रेक्टरको भुकम्प गएको आज १३औं दिन पुगेको छ । जसबाट हालसम्म ७ हजार ७ सय ५९ जनाको ज्यान गएको छ ।

जसमध्ये सिन्धुपाल्चोकमा मात्र सवैभन्दा बढी २ हजार ९ सय ९१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै काठमाडौंमा १ हजार २ सय १० जनाले भुकम्पको सिकार बनेका छन् ।

गृहमन्त्रालयले उपलब्ध गराएको जानकारीका अनुसार घाइतेको संख्या १६ हजार ४ सय ३२ पुगेको छ ।

भूकम्पबाट देशभरका ५ लाख ८८ हजार सरकारी भवन तथा निजी घरमा क्षति भएको छ ।

भुकम्प गएको १२ दिन वित्तिसक्दा १३ औं दिनमा बिहीबार विहान नुवाकोटलाई केन्द्र विन्दु बनाएर  दुई ओटा पराकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहीबार बिहान ३ः४१ मा ४ दशमलव २ रिक्टर स्केल र बिहान ७ः५६ मा ४ रिक्टर स्केलको अर्को भूकम्प गएको छ ।

पछिल्लो पराकम्पनका कारण कुनै मानवीय क्षति भने नभएको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार हालसम्म ४ रिक्टर स्केलमाथिका १ सय ४९ वटा पराकम्पन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL