Logo

महा भुकम्पमा मृत्यु हुनेको संख्या साढे ७ हजार नाघ्यो, १४ हजार घाईते, राहत र उद्दार जारी

महा भुकम्पमा मृत्यु हुनेको संख्या साढे ७ हजार नाघ्यो, १४ हजार घाईते, राहत र उद्दार जारी


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
२२ वैशाख, काठमाडौं ।
गत १२ गते शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या साढे ७ हजार नाघेको  छ । नेपाल प्रहरीले हालसम्म ७ हजार ५ सय ५७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
रसुवा, दोलखालगायत विभिन्न जिल्लामा अझै पनि मानिसहरु हराईरहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीले खोजि तथा उद्दार कार्य जारी रहेको समेत जनाएको छ ।
प्रहरीले हालसम्म १४ हजार ३ सय ७१ जना घाईते भएको जनाएको छ । घाईतेको विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, हेलिकप्टरबाट विभिन्न ठाउबाट घाईतेको उद्दार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
महा भुकम्प गएको आठौं दिन सम्मै राहत तथा उद्दारलाई तिव्रता दिइएको सरकारले बताएको छ । प्रहरीले हेलिकप्टर तथा ट्रकमार्फत प्रभावित जिल्लामा राहत वितरण गरिरहेको जनाएको छ ।
सरकारले भुकम्प आएको दशौं दिनसम्म भुकम्पमा परेका पीडितको राहतका लागि २ अर्ब रुपैयाँ रकम निकासा गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारले महा भुकम्प आएको दशौं दिनसम्म राहत वितरणको लागि प्रभावित जिल्ला र सम्बन्धीत निकायमा उक्त रकम निकासा गरेको हो ।
सरकारले करोडौं रुपैयाँ राहतका लागि निकासा गरेपनि सिन्धुपाल्चोक, दोलखा, गोरखालगायत जिल्लाका दूर्गम तथा उच्च भेगमा अझै राहत पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL