Logo

देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन सहयोग गर्नेछु

देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन सहयोग गर्नेछु


रामराजा श्रेष्ठ
0
Shares

दिकेश मलहोत्रा

अध्यक्ष,  इन्टिग्रेटेड मोविलीटी सोलुसन्स  (आइएमएस)

व्यवसायमा लागेको कति बर्ष भयो ?

नेपालमा आएर व्यवसायमा लागेको ५ बर्ष भयो । त्यसअघि अमेरिकामा आफ्नै व्यवसाय थियो  ।

बुवाको व्यवसायलाई निरन्तरता दिनुभयो नि ?

बुबाले काम गरेको देखेर यस तर्फ आकर्षित भइसकेको थिए । यो क्षेत्रमा बुवाको ३५ वर्षको मेहनत छ । आगामी दिनमा यसलाई डाइभर्सीफाइड विजनेश ग्रुप बनाउन यस व्यवसायमा लागे ।

रोजाइनै यही व्यवसाय थियो कि बुवाको पेशालाई निरन्तरता दिएको हो ?

शुरु देखि नै यही व्यवसाय गर्ने सोच बनाएको थिए ।

व्यवसायिक क्षेत्र परिवर्तन गर्ने योजना त छैन ?

यस क्षेत्रलाई छोड्दिन तर रणनीति तथा काम गर्ने शैली भने परिवर्तन गर्दै जानेछु । समय अनुसार अपडेट हुन सिक्नुपर्छ ।

व्यवसायमा प्रबेश गर्दा पहिलो महिनाको तलव वा कमाइ कति थियो ?

त्यतिवेला काम सिक्नु ठुलो कुरा भएकोले तलव कति थियो याद गरिन । तर, धेरै कम थियो ।

मोवाइल व्यवसायमा सफल व्यसायीको रुपमा आउनु भएको छ । सफल व्यवसायका सुत्रहरु केके हुन् ?

कडा परिश्रम, नेतृत्वकला र लचकता व्यवसायीमा हुनुपर्ने विशेषता हुन् । आफुमा यी विशेषता कायम राख्न सके सफल भइन्छ ।

नयाँ केही व्यवसायिक योजना पनि छन् ?

अहिले योजना बनाउदै छु । धेरै कुरा सोच्दै छु । सफल भएपछि भनौला ।

व्यवसायिक योजनाका लागि के कस्ता कितावहरु पढ्नुहुन्छ ?

व्यवसायिक योजना बनाउनकै लागि पुस्तक पढ्दिन । यसका लागि आर्थिक समाचारहरु पढेर अपडेट हुन्छु । त्यस्तै, अनुभवी व्यवसायीहरु बाट सल्लाह लिएर ज्ञान आर्जन गर्छु ।

अन्य व्यवसायीहरुलाई के सुझाव दिनुहुन्छ ?

त्यस्तो व्यवसाय सञ्चालनका लागि सकेसम्म एमबीए डिग्रीसम्मको अध्ययन गर्न सुझाव दिन्छु ।

नेपालका उद्योगी/व्यवसायीका नराम्रा पक्ष ?

ज्ञान तथा जानकारी बिनानै व्यवसाय सञ्चालन गर्ने  ।

राम्रा पक्ष नि ?

विस्तारै व्यवसाय सम्वन्धी चेतना बढ्दै छ । पूर्व जानकारी लिएर व्यवसायमा छिर्ने प्रचलन देखिन थालेको छ ।

dikes-ims

सवैभन्दा मन पर्ने उद्योगी/व्यवसायी ?

दिपक मलहोत्रा

बिहान कति बजे उठ्नुहुन्छ ?

८ बजे

त्यसपछि ?

व्यायाम गर्छु, खाना खान्छु र अफिस जान्छु

मनोरञ्जनका लागि के गर्नुहुन्छ ?

गीत संगीत सुन्ने, इन्टरनेट चलाउने तथा फुटवल हेर्ने ।

फिल्म कतिको हेरिन्छ ?

हरेक हप्ता परिवारसँग एउटा फिल्म हेर्छु ।

पछिल्लो समय हेरेको फिल्म ?

फास्ट एण्ट फ्युरियस सेभेन

मनपर्ने हिरो/हिरोइन ?

हिन्दीमा रणवीर कपुर र कट्रिना कैफ नेपालीमा भने राजेश हमाल र प्रियंका कार्की ।

सबैभन्दा मनपर्ने खाना ?

मःम

हालसम्म कति वटा देशको भ्रमण गरियो ?

१ दर्जन जति मुलुकको भ्रमण गरे ।

हालसम्म घुमेकामध्ये आफुलाई मनपर्ने ठाउँ ?

अमेरिका, यस्तै अष्ट्रेलिया, इटाली तथा फ्रान्स पनि मन पर्छ ।

मनपर्नुको कारण ?

अष्ट्रेलियाको समुन्द्री बीचमा बस्न रमाइलो लाग्छ भने फ्रान्सको पुराना वास्तुकलाहरुले  मन लोभ्याउछ ।

नेपालभित्र मनपर्ने स्थान ?

पोखरा ।

ड्रेसअप ?

प्राय क्याजुअल नै लगाउछु ।

सपिङका लागि कहाँ गइन्छ ?

पायःजसो विदेश गएको वेलामा गर्छु ।

घडी पनि लगाउनु भएको छ कुन ब्राण्डको हो ?

सामसुङको गियर एस । त्यसमा धेरै सुविधाहरु छन् जुन सामान्य घडीमा हुदैन ।

चस्मा ?

चस्मा चाहिँ प्राडा र मार्क ज्याबोक लगाउछु ।

ग्याजेट्स ?

मलाई ग्याजेट्स कलेक्ट गर्न मन पर्छ । प्रायः सामसुङ व्राण्डका ग्याजेट्स नै प्रयोग गर्छु ।

सामसुङ नै मन पर्नुको कारण ?

अन्य व्राण्ड भन्दा उत्कृष्ट छ । त्यस्तै अन्यमा भन्दा धेरै सुविधा तथा विशेषता पनि छन् ।

तपाईको लक्ष्य ?

एउटा सफल व्यवसायी र असल नेपाली नागरिक बन्ने । साथै व्यवसायबाट विश्वमा नेपाललाई चिनाउने । देशलाई आर्थिक रुपमा समृद्ध बनाउने ।

अध्ययन ?

एमबीए डिग्री

प्रतिक्रिया दिनुहोस्
MBL