Logo

आईएमईले ल्यायो यूएम ग्लोवलको मोटरसाइकल, मुल्य १ लाख ७२ हजारदेखि ३ लाख ८५ हजाससम्म

आईएमईले ल्यायो यूएम ग्लोवलको मोटरसाइकल, मुल्य १ लाख ७२ हजारदेखि ३ लाख ८५ हजाससम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ बैशाख, काठमाडौं । आईएमई ग्रूपले नेपाली बजारमा ‘यूएम ग्लोवल’ ब्राण्डका मोटरसाइकल भित्र्याएको छ । आईएमई ग्रूप अन्तरगतको आईएमई अटोमोटिभ्सले ‘ एम ग्लोवल’ यू ब्राण्डका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।
यससँगै कम्पनीले नेपाली बजार सुहाउँदो सवै खालका मोटरसाइकल भित्र्याउने भएको छ । जसमध्ये हाल ४ वटा मोडलको मोटरसाइकल भित्र्याइसकेको र केही समय भित्रै अन्य मोडलहरु पनि भित्र्याइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आज एक पत्रकार सम्मेलन गरी ४ वटा मोडल सार्वजनिक गरेको थियो ।

सो ब्राण्डका १ सय २५ सीसीदेखि २ सय ३० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछ । सामान्य अफिसियल देखि स्पोर्टीसम्मका मोटरसाइकल उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले रेनेगेड सिरिज, एक्ट्रीट सिरिज, इकोनमिक बाइक, पावरम्याक्स, डर्टस् सिरिज तथा मोटार्ड सिरिजका मोटरसाइकल उपलब्ध गराउने भएको छ । यस्तै, क्याफे क्रुजर, क्रुजरहरु, स्कुटरहरु कम्प्युटर सिरिजहरु उपलब्ध हुनेछ । साथै, डर्टस् सिरिजको डीएसआर मोटरसाइकलबाट आफ्नो प्रडक्ट लञ्च गर्ने आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले बताए । ‘हाल हामीले प्रडक्टको वारेमा जानकारी मात्र दिएका हौं,’ उनले भने, ‘डीएसआर मोडलको बाइक लञ्च गरेर व्यवसायिक रुपमा विक्री शुरु गर्ने छौं ।’

यूएम मोटरसाइकलको मुख्य विशेषतामा डिजाइन र रङ रहने छ । उक्त मोटरसाइकलमा युएसबी चार्ज गर्ने ठाउँ, जेल सिट र छरितो ड्यासबोर्ड रहने छ ।

ime-automobile

कम्पनीले उपलब्ध गराएका मोटरसाइकलको बजार मुल्य १ लाख ७२ हजारदेखि ३ लाख ८५ हजार रुपैयाँसम्म रहेको छ । केही समय भित्रै लञ्च गर्ने डीएसआर मोडलको बजार मुल्य भने ३ लाख ५६ हजार रुपैयाँ रहने कम्पनीले जानकारी दिएको छ । आगामी दिनमा नेपाली बजारलाई उपयुक्त हुने खालका कम सीसीका सस्ता मोटरसाइकल समेत उपलब्ध गराइने सिवाकोटीले बताए ।

उनका अनुसार कम्पनीले यो वर्ष प्रोडक्ट सेलभन्दा पनि सेवा विस्तारलाई बढी प्राथमिकता दिने भएको छ । ‘हाम्रो प्रमुख उद्देश्य ग्राहकलाई बढी सन्तुष्टी दिनु हो,’ उनले भने, ‘तसर्थ यस वर्ष डिलर विस्तार तथा सर्भिसिङ सेण्टर स्थापनालाई बढी प्राथमिकता दिएका छौं ।’ यो वर्ष कम्पनीले ४ हजार वटा मोटरसाइकल तथा स्कुटर विक्री गर्ने लक्ष्य लिएको समेत उनले जानकारी दिए ।

हाल कम्पनीले गैरीधारास्थित शोरुमबाट कारोवार शुरु गरेको छ । केही समयभित्रै नाचघर र टेकूमा पनि आफ्नो शोरुम स्थापना गरिने सिवाकोटी बताउँछन् । ‘हामीले देशभर ७६ वटा डिलर विस्तार गर्ने लक्ष्य लिएका छौं,’ उनले भने ।
कार्यक्रमा आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रकाश ढकालले नेपालीको रोजाइ अनुसारका मोटरसाइकल आफले नेपाली बजारमा भित्र्याएको बताए । ‘हामीले स्टाइल डिजाइनमा विश्व प्रख्यात अमेरिक मोटरसाइकल नेपाली बजारमा भित्र्याएका छौं,’ उनले भने, ‘जसले नेपालको टू ह्वीलरको बजारलाई अझ शसक्त रुपमा अघि बढाउने छ ।’ यसले नेपालको टू ह्वीलरको बजारमा थप आयाम थप्ने समेत उनले जानकारी दिए ।

यस्तै, युएम इण्टरनेशनल एलएलसि अमेरिकाका विजनेश डेभलपमेन्ट डाइरेक्टर हुवान् भिल्लेगासले आइएमई र यूएमबीच भएको यस साझेदारीले आफुलाई खुशी लागेको बताए । ‘यो साझेदारीसँग नेपालीले रेनेगन, कमाण्डोजस्ता बहुचर्चित मोडलहरु हाक्न पाउनेछन्,’ उनले भने, ‘साथै, केही समयभित्रै सो ब्राण्डका मोटरसाइकले नेपाली बजारमो ठूलो हिस्सा ओगट्नेछ ।’

um-rengade

 

सन् २०१५ भित्र १७ वटै मोडल भित्र्इने

कम्पनीले सन् २०१७ भित्रै यूएम ग्लोवलको सवै मोडलका मोटर नेपाली बजारमा भित्र्याउने भएको छ । हाल धेरै जसो मोडलहरु नेपाल भित्रिसकेको र क्रमश लञ्च गर्दै जाने कम्पनीेको भनाइ छ । ‘हामीले नेपालका मोटरसाइलका पारखीहरुको चाहना अनुसारका मोटरसाइकल बजारमा ल्याउन लागेका छौं,’ उनले भने । साथै, दशै तिहारलाई लक्षित गरी भने धेरै मोडलका मोटरसाइकल लञ्च गर्ने कम्पनीले जानकारी दिएको छ ।

स्कुटीमा स्मार्ट हेलमेट

कम्पनीले स्कुटरमा स्मार्ट हेलमेट उपलब्ध गराउने भएको छ । जसको सहायता स्कुटर चलाउँदा पनि अटोमोटिक रुपमा मोवाइलमा कुरा गर्न सकिनेछ । ‘स्मार्ट हेलमेट मार्फत मोवाइलमा कुरा गर्नका लागि स्कुटरको ह्यान्डीलमा डिजिटल स्क्रिन जडान गरिएको हुन्छ,’ उनले भने, ‘कुन नम्वरबाट फोन आएको छ स्क्रिन हेरेर आफुलाई आवश्यक परेका फोन सोही स्क्रिनबाट उठाएर ब्लूटुथको सहायताबाट हेलमेटबाटै कुरा गर्न सकिनेछ ।’ साथै, यस्तो खालको हेमलेट नेपालमै आफुहरुले पहिलो पटक भित्र्याउन लागिएको सिवाकोटीले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL