Logo

२०७१ मा ६ लाख कामदार विदेशिए, मलेशिया सवैभन्दा आकर्षक गन्तव्य

२०७१ मा ६ लाख कामदार विदेशिए, मलेशिया सवैभन्दा आकर्षक गन्तव्य


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२ बैशाख, काठमाडौं । २०७१ सालमा नेपालबाट झण्डै ६ लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या अहिलेसम्मकै सवैभन्दा बढी हो ।

स्वदेशमा रोजगारी पाउने अवस्था भएपछि नेपाली कामदारहरु वैदेशिक रोजगारीमा जाने क्रम बढेको वैदेशिक रोजगार व्यवसायी हरु बताउँछन् । सो तथ्याङ् अनुसार प्रति महिना ५० हजार कामदार वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

२०७१ सालमा असार महिनामा सवैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । सो महिनामा कुल ६१ हजार ७ सय कामदार वैदेशिक रोजगारीमा पुगेका छन् । यस्तै, जेठमा ५४ हजार ९ सय कामदार विदेशिएका थिए ।

यो वर्ष सवैभन्दा बढी मलेशियाको रोजगारीमा पुगेका छन् । मलेशियमा १ लाख ७१ हजार नेपाली कामदार रोजगारीका लागि पुगेको नेपाल वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय मलेशियन सरकारले नेपाली कामदारले पाउने न्युनतम तलवमा बृद्धि गरेसँगै सो देशको रोजगारीमा जाने कामदारको संख्या उच्च रुपमा बढेको व्यसायीहरु बताउँछन् ।

fe-data-2071

यस्तै दोस्रो बढी कामदार साउदी अवरको रोजगारीमा पुगेका छन् । यो वर्ष साउदी अरवको रोजगारीमा ९५ हजार जान नेपाली कामदार पुगेका छन् ।

विभागका अनुसार यो बर्ष कतारको रोजगारीमा ७८ हजार नेपाली कामदार रोजगारीका लागि पुगेका छन् । कतारले पछिल्लो समय पूर्वाधार निर्माणलाई प्राथमिकता दिएसँगै नेपाली कामदार सो देशको रोजगारीमा जाने क्रम बढेको छ । पछिल्लो सयम विशेषगरी साउदी अरव र कतारका अदक्ष कामदार रोजगारीमा जाँदै आएका छन् । विभागको तथ्याङ्क अनुसार नेपालबाट विदेशीने कामदारमध्ये ७३ प्रतिशतभन्दा बढी अदक्ष रहेका छन् ।

यो वर्ष संयुक्त अरव इमिरेट्स(युएईं)मा भने ४१ हजार जना कामदार रोजगारीमा लागि पुगेका छन् । विशेषगरी युएई दक्ष कामदारको लागि आकर्षक गन्तव्य मानिँदै आएको छ । हाल युएईमा सेल्स म्यान, ड्राइभर, स्टोर किप्पर र हस्पिटालिटी क्षेत्रका काममा नेपाली कामदार गइरहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL