Logo

डाक्टर बन्ने इच्छा थियो बैंकर भए

डाक्टर बन्ने इच्छा थियो बैंकर भए


रामराजा श्रेष्ठ
0
Shares

अशोक शेरचन

प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक  ।

व्यवसायिक जीवन शुरु भएको कति वर्ष भयो ?

सन् १९९५ बाट । अहिले २० वर्ष भयो ।

कुन पेशाबाट व्यवसायिक जीवनमा प्रवेश भयो ?

बैंकिङ नैं हो । शुरुमा नेपाल बङगलादेश बैंकमा जुनियर असिस्टेन्टमा काम गरे ।

हाल सम्म कतिवटा संस्थामा काम गरियो ?

यो तेस्रो हो । अहिलेसम्म बैंकिङ क्षेत्रमै छु ।

प्रभु बैंकमा चाहिँ कुन पदबाट जागिर शुरु भयो ?

सन् २००६ मा प्रभु फाइनान्समा जनरल म्यानेजर भएर आएको थिए ।

पहिलो महिनाको तलब कति थियो ?

त्यतिवेला ४ हजार ३ सय रुपयाँ । अहिले मासिक ६ लाख रुपैयाँ बुझ्छु ।

अध्ययन ?

एमबीए शंकरदेव क्याम्पसबाट । विदेशमा पनि २ वर्ष विभिन्न खालका कोर्ष गरे ।

शुरुको लक्ष्य नै बैंकर बन्ने थियो कि अरुनै ?

एसएलसी दिँदा डक्टर बन्ने इच्छा थियो तर बैंकर भए ।

कसरी लक्ष्य परिवर्तन भयो ?

डक्टर बन्न साइन्स पढ्नुपर्ने तर पढ्ने आट नै आएन ।

बाणिज्य बैंकमा प्रमुख कार्यकारी भएर काम गर्दा के–कस्ता अप्ठ्यारा समाना गर्नुपर्ने रहेछ ?

बैंकको सीईओ भएपछि सोसियल लाइफमा धेरै ध्यान दिनुपर्छ । यसका अलावा जिम्मेवारी पनि सोही अनुसार बढ्छ । अवसर र रिक्स दुवै हुन्छ ।

सीईओ भएपछि बैंकमा पनि त्यतिकै समय दिनुपर्छ । सामाजिक कार्यक्रमलाई चाहिँ कसरी समय दिनुहुन्छ ?

प्रायःजसो सवै कार्यक्रममा पुग्ने प्रयास गर्छु । यस्तै, धेरैजसो सामाजिक कार्यक्रम साझमा हुने भएकाले जान सजिलो हुन्छ ।

विहान कति बजे उठिन्छ ?

५ः३० बजे उठिन्छ सुत्दा चाहिँ बेलुका १० बजेपछि नै हुन्छ ।

ashok-serchan-ceo-prbhu1

त्यसपछि ?

एकछिन फ्रेस भएर व्याटमिन्टन खेल्छु । अनि खाना खाएर अफिस जान्छु ।

अफिस कति बजे आइन्छ ?

विहान ९ बजे आइपुग्छु । बेलुका ७ बजेसम्म बस्छु ।

धर्मकर्म कत्तिको गरिन्छ ?

म दैविक शक्तिमा विश्वास राख्ने व्यक्ति हुँ । आफ्नो परम्परा अनुसार पुजाआजा गर्छु ।

मनोरञ्जनका लागि के गरिन्छ ?

विहान व्याटमिन्टन खेलिन्छ । यस्तै, ट्रावल गर्ने, फिल्म हेरेर मनोरञ्जन लिइन्छ ।

हालसम्म कतिवटा देशको भ्रमण गरियो ?

डेढ दर्जन देशको भ्रमण गरियो ।

आन्तरिक भ्रमण नि ?

पूर्व मेची देखि पश्चिक महाकालीसम्मका पर्यटकीय स्थल घुमेको छु ।

घुमेकामध्ये मनपर्ने स्थल ?

नेपालमा मुक्ति क्षेत्र, विदेशमा सिङ्गापुर ।

कस्ता खालका फिल्म हेरिन्छ ?

प्रायः सन्देशमुलक नै हेरिन्छ ।

पछिल्लो समय हेरेको फिल्म ?

पीके

मनपर्ने हिरो ?

हिन्दीमा अमिर खान, नेपालीमा भुवन केसी र सौगातविक्रम मल्ल ।

हिरोइन ?

निशा अधिकारी ।

आउटिङ कत्तिको गइन्छ ?

प्रायःजसो गइन्छ । बालबच्चाको स्कुल विदा हुने वित्तिकै जान्छौं ।

जन्म ?

२०२९ सालमा, बागलुङमा जन्मिए ।

कस्ता खालका ड्रेसअप लगाइन्छ ?

त्यसमा खासै रुची छैन । हप्ताको ५ दिन सुट मै हुन्छ शुक्रबार र शनिबार चाहिँ क्याजुअल नै लगाउँछु ।

सफिङ्को लागि कहाँ गइन्छ ?

सिटिसेन्टर र सिभिलमल । सुट किन्नको लागि भने ‘स्काइप’ भन्ने साथीको शोरुममा जान्छु ।

सीईओ भएपछि बैंकको विभिन्न योजनाहरु बनाउनुपर्ने हुन्छ । व्यवसायिक योजनाहरु कसरी बनाउनुहुन्छ ?

विशेषगरी समाचार पढ्ने, मार्केट सिनारियो अध्ययन गर्ने तथा आफ्नै स्टाफसँग सल्लाह गरेर योजना बनाउछु । कहिलेकाँही बैंकिङ सम्बन्धी किताव पनि पढिन्छ ।

ग्याजेट् कत्तिको प्रयोग गरिन्छ ?

ग्याजेट्सका १ सेट सामान चाहिँ छ तर, प्रायः प्रयोग गर्दिन । क्यामेरा, ल्यापटप र मोवाइमात्र चलाउँछु । अरु चाहिँ नानीहरुले नै बढी चालाउँछन् ।

नेपालका व्यवसायीका मनपर्ने पक्ष ?

नेपाली व्यवसायीमा रिक्स लिने क्षमता छ । विभिन्न खालका बाधा व्यवधानका बाबजुत लगानी गरिरहेका छन् । यो उनीहरुको राम्रो पक्ष हो ।

बैंकर भएर हेर्दा नेपालको सफल व्यवसायी को लाग्छ ?

रुप ज्योति ।

नेपालमा विभिन्न खालका नेताहरु जन्मिए । ती मध्ये को मनपर्छ ?

चित्रबहादुर केसी । उहाँको विचारहरु मन पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL