Logo

मेलम्चीका १ हजार कर्मचारी ३ महिनादेखि तलब विहिन, आन्दोलनको चेतावनी

मेलम्चीका १ हजार कर्मचारी ३ महिनादेखि तलब विहिन, आन्दोलनको चेतावनी



काठमाडौं । मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८ सय कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

laxmi

समितिले आईतबार आयोजना गरेको पत्रकार सम्मेलन गर्दै सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले तीन महीनाको तलब तथा सञ्चयकोष नपाएको जानकारी दिएको हो ।

कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएसम्म काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन । आयोजनामा कर्मचारीसहित एक हजारभन्दा बढी व्यक्ति पीडित भएको सङ्घर्ष समितिका संयोजक श्रीराम न्यौपानेले जानकारी दिए ।

‘हालसम्म १ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ,’ उनले भने, ‘भुक्तानी नभएसम्म ‘नो सप्लाइ नो वर्क’ अभियान थाल्नेछौं ।’ उच्च तहका कर्मचारीले मेलम्चीलाई अनुचित लाभको स्रोत बनाउन मेलम्ची आयोजना रद्द गरेको समेत उनको आरोप थियो ।

आयोजनामा नेपाली कर्मचारीको नेतृत्व गर्दै आएका देवीरमण अधिकारीले कर्मचारीले तलब नपाएपछि विचल्लीमा परेका बताए । समितिका सचिव विष्णुमणि आचार्यले आयोजनासँग ३८ करोड रुपैयाँ भुक्तानी नगरी सरकारले आयोजनासँगको करार तोडेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL