Logo

नेपालमा अझै बढ्यो भ्रष्टाचार, सुशासनमा २ अंकले खस्किदै १२४ औं स्थानमा झर्यो

नेपालमा अझै बढ्यो भ्रष्टाचार, सुशासनमा २ अंकले खस्किदै १२४ औं स्थानमा झर्यो



काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा नेपालले यो बर्ष पनि सुधार गर्न सकेको छैन । भ्रष्टाचारको र्याङ्किङमा अघिल्लो बर्ष ३३ अंकका साध १ सय २२ औँ स्थानमा रहेको नेपाल यो बर्ष भने २ अंकले बढ्दै १ सय २४ औं स्थानमा झरेको छ ।

ट्रान्सपरेन्सी ईन्टरनेशनलले हालै सार्वजनिक गरेको तथ्याँक अनुसार नेपालमा भ्रष्टाचारको अवस्था नाजुक भएको देखिएको हो । अघिल्लो बर्ष नेपाल १ सय २२ औं स्थानमा थियो । यो बर्ष भने २ स्थान तल झर्दै १ सय २४ औं स्थानमा पुगेको छ । अघिल्लो बर्ष ट्रान्सपरेन्सी ईन्टरनेशनलले विश्वका १ सय ७६ राष्ट्रको अध्ययन गरेकोमा सन २०१८ मा भने १ सय ८० ओटा देशको सर्वेक्षण गरेको हो ।

विश्वका विभिन्न देशहरुको सर्वेक्षण गरेका संस्थाले यो बर्ष सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा सोमालिया, सिरिया, दक्षिण सुडान लगायत देशहरुलाई १०, १३, १३ अंक दिँदै धेरै भ्रष्टाचार हुने देशमा सुचिकृत गरेको हो ।

यस्तै न्युन भ्रष्टाचार हुने देशमा भने डेनमार्क, न्युजिल्याण्डलगायत देश परेका छन । उनिहरुले ८७, ८८ अंक प्राप्त गरेका छन । ट्रान्सपरेन्सी ईन्टरनेशनलले विभिन्न देशमो र्याङ्किङ भने सो देशमा सरकारी कार्यालयहरुले गरेको कामको आधारमा गर्ने गर्दछ ।

यस्तै पछिल्लो ७ बर्षमा धेरै भ्रष्टाचार हुने विभिन्न २० देशहरुले आफ्नो अवस्था सुधार गर्दै गएका छन भने १६ देशको भने अवस्था अझै घटेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL