Logo

निजी क्षेत्रलाई अन्तरराष्ट्रिय उडान अनुमति दिईने, अब कुन कुन कम्पनीले गर्छन अन्तरराष्ट्रिय उडान ?

निजी क्षेत्रलाई अन्तरराष्ट्रिय उडान अनुमति दिईने, अब कुन कुन कम्पनीले गर्छन अन्तरराष्ट्रिय उडान ?



काठमाडौं । निजी क्षेत्र वायु सेवा प्रदायक कम्पनीले पनि अब अन्तरराष्ट्रिय उडान गर्न पाउने भएका छन् । मन्त्रीपरिषद्को शुक्रवारको वैठकले निजी कम्पनीलाई अन्तरर्राष्ट्रिय उडान अनुमति दिने बारे नयाँ कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।

laxmi

यससँगै हाल आन्तरिक उडानमा सीमित वायु सेवा प्रदायकले आफ्नो सेवा अन्तरर्राष्ट्रियस्तरमा विस्तार गर्न पाउने भएका छन् । अहिले नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । यसबाहेक चिनीया लगानी सहितको हिमालय एयरलाईन्सले पनि अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

सरकारको नयाँ निर्णयले मापदण्ड पुगेका सवै आन्तरिक उडानले अन्तरराष्ट्रिय उडान भर्न सक्ने छन् । उक्त मापदखण्डअनुसार नियमति पाँच वर्ष उडान गरिरहेका कम्पनीले अन्तरराष्ट्रिय उडान सेवा विस्तार गर्न सक्ने छन् । सो व्यवस्थाअनुसार बुद्ध एयर र सिम्रिक एयरले अबदेखि अन्तरर्राष्ट्रिय उडान गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL