Logo

नेपाल बैंकको सिईओमा शाह नियुक्त, ४ वर्षे कार्यकाल

नेपाल बैंकको सिईओमा शाह नियुक्त, ४ वर्षे कार्यकाल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ चैत, काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् ।

बैंक संचालक समितिको आज बजसेको बैठकले शाहलाई सिईओमा नियुक्त गरेको हो । उनी खुला प्रतिस्पर्धाबाट छानिएका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

सिइओका लागि उनीसँगै अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, समिर दाहाल, रधुनाथ खनाल र छपीराज पन्तले आवेदन दिएका थिए । तर, सो मध्ये देवेन्द्रप्रताप शाह, कुमार लम्साल, अनलराज भट्टराई, छपीराज पन्त र रघुनाथ खनाल सर्टलिष्टमा छानिएका थिए ।

nepal-bank-building

नेपाल बैंकका नवनियुक्त सिईओ शाहले यस अघि कृषि विकास बैंकमा पनि प्रमुख कार्यकारी भएर काम गरिसकेका छन् । यस्तै बीमा समितिको अध्यक्ष लगायत अन्य वित्तीय संस्थामा समेत उनको अनुभव रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL