Logo

चिनियाँ लगानी भित्र्याउँदै मेगा बैंक, प्राथमिकतामा कृषि र पर्यटन

चिनियाँ लगानी भित्र्याउँदै मेगा बैंक, प्राथमिकतामा कृषि र पर्यटन



काठमाडौं । मेगा बैंक नेपालले आगामी दिनमा चिनियाँ बैंकको लगानी भित्र्याउने भएको छ । बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले बैकको ८ औं बार्षिकोत्सवमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘हामीले सो कार्यको लागि काम सुरु गरिसकेका छौं,’ कार्यक्रममा उनले भने, ‘बैंकलाई पुँजीगत रुपमा मजवुत र आफ्नो दायरा फराकिलो बनाउन पनि विदेशी लगानी आवश्यक छ ।’

कार्यक्रममा शाहले संघीय संरचनाअनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने जानकारी दिए । ‘हामी छोटो समयमा नै मुलुकको ठूलो बैंक बन्न सफल भएका छौँं,’ उनले भने, ‘अब संघीयताको कार्यान्वयनसँगै नयाँ नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका छन। ।’

बैंकले विज्ञहरुसँगको परामर्शमा पञ्चबर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याएको जानकारी दिँदै विदेशी लगानी भित्र्याएसँगै अझ मझबुद बनेर अघि बढ्न सहयोग पुग्ने बताए । बैंकल आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रलाई केन्द्रित गरेको उनको भनाई थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताईन । आठ वर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित गरेको जानकारी दिँदै टुरिजमसँगको मर्जरपछि झन मेगा बैंक चुक्ता पूँजीका आधारमा नेपालकै दोस्रो ठूलो बन्न सफल भएको जानकारी दिईन ।

गत आर्थिक वर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड रुपैयाँले बढाएर ६३ अर्ब पुयाएको छ । यसैगरी कर्जा प्रवाह पनि सोही अनुपातमा बढाउँदै ५७ अर्ब २६ करोड पुगेको पुर्याएको छ भने ग्राहक संख्या ५ लाख पुगिसकेको बैंकले जानकारी दिएको छ ।

हाल बैंकले बैंकले १ सय १ शाखा कार्यालय १४ एक्टेनशन काउन्टर, १ सय १९ शाखारहित बैंकिङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL