Logo

जग्गाको रजिष्ट्रेशन शुल्क बढाईने, नगरपालिका भित्रका जग्गाको न्युनतम मूल्य निर्धाण

जग्गाको रजिष्ट्रेशन शुल्क बढाईने, नगरपालिका भित्रका जग्गाको न्युनतम मूल्य निर्धाण



काठमाडौं । सरकारले जग्गाको रजिष्ट्रेशन दस्तुर बढाउने भएको छ । हाल जग्गा खरिदबिक्री गर्दा रजिष्ट्रेशन शुल्क बापत साढे ४ प्रतिशत कर तिर्दे आएकोमा आगामी दिनमा त्यसलाई बढाएर ७ प्रतिशत पुर्याउन लागिएको हो ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत जग्गा खरिदबिक्री बापतको दस्तुर बढाउने तयारी गरेको हो । हाल पुरुषले जग्गा खरिद गर्दा साढे ४ प्रतिशत र महिलाको नाममा खरिद गर्दा त्यसमा ३० प्रतिशत छुट दिईदै आएको छ ।

यसैगरी सरकारले नगरपालिकाभित्र जग्गाको पनि न्युनतम मूल्य निर्धारण गर्ने भएको छ । मुलुक संघीयतामा गएसँगै देशका धेरैजसो स्थान नगरपालिका बनेकाले अब नगरपालिका भित्र रहेको जग्गाको पनि न्युनतम मूल्य कामय गर्न लागेको हो । जसअनुसार सरकारले नगरपालिका भित्र रहेका जग्गाको प्रतिरोपनी मूल्य न्युनतम १ लाख रुपैयाँ तोक्ने भएको छ ।

यसैगरी सरकारले जग्गाको पनि बर्गीकरण गर्ने भएको छ । सरकारले खेतीयोग्य जमिनलाई प्लटिङ वा उत्खनन् गर्न रोक्नदै जग्गाको बर्गीकरण गर्न लागेको हो ।

जग्गाको खण्डिकरण रोक्नलाई सरकारले यस अघि नै कित्ताकाटमा रोक लगाईसकेको छ । अबका दिनमा सरकारले कुनै पनि जग्गा बर्षको १ वा २ पटकभन्दा बढि खरिदबिक्री गर्न नपाउने व्यवस्था समेत बजेट मार्फत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL