Logo

शेष घले बने अष्ट्रेलियाको ८१ औं धनी व्यक्ति, कुल सम्पती ८ सय ७६ मिलियन डलर पुग्यो

शेष घले बने अष्ट्रेलियाको ८१ औं धनी व्यक्ति, कुल सम्पती ८ सय ७६ मिलियन डलर पुग्यो



काठमाडौं । नेपाली व्यवसायी शेष घले अष्ट्रेलियाको ८१ औं धनी व्यक्तिको सुचीमा पर्न सफल भएका छन् । अष्ट्रेलियमा रहेर व्यवसाय गर्दै आएका घले दम्पती यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा उक्लन सफल भएका हुन् ।

अष्ट्रेलियाको फाइनान्सीयल रिभियूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूची अनुसार उनीहरुको कुल सम्पतिमा ३५ दशमलव ४ प्रतिशतले बृद्धि भएको छ । जसअनुसार उनीहरुको कुल सम्पती ८ सय ७६ मिलियन डलर पुगेको रिभियूले सार्वजनिक गरेको छ ।

घले दम्पती शेष र जमुनाले अष्ट्रेलियामा शैक्षिक संस्था, घरजग्गा कारोबार गर्दै आएका छन् । शेष घले गैर आवासयी नेपाली संघको पूर्व अध्यक्ष समेत हुन् । उनी गत बर्ष अष्ट्रेलियाको धनीको १ सय १ औं सूचीमा रहेका थिए । तर, उनले १ बर्षको अन्तरालमा आफ्नो सम्पतीमा उल्लेख्य बृद्धि गर्दै ८१ औं स्थानमा उक्नल सफल भएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL