Logo

चार दिनपछि खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल, बुधवारसम्म चौबिसै घण्टा सेवा

चार दिनपछि खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल, बुधवारसम्म चौबिसै घण्टा सेवा


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
२३ फागुन, काठमाडौं । टर्किस एयरलाईन्सको विमान दूर्घटना भएर चारदिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल शनिवार साझदेखि पुनः सञ्चालनमा आएको छ । दूर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट हटाएर पार्किङ क्षेत्रमा राखिएसँगै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण शुरु भएको हो ।

त्रिभुवन विमानस्थल नागरिक उड्यान कार्यालयले साढे ७ बजेदेखि अन्तर्राष्ट्रिय उडान र अतवरण सुचारु भएको जनाएको छ । चारदिनदेखि अवरुद्ध भएको विमानस्थलबाट बढेको यात्रुको चापलाई व्यवस्थापन गर्न कार्यालयले आगामी चार दिन (बुधवार)सम्म चौबीस घण्टे सेवा सञ्चालन गर्ने भएको छ । अध्यागमण, भन्सार, प्रहरीलगायतको समन्वयमा चार दिनसम्म चौबिसै घण्टा सेवा सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल सुचारु भएसँगै नेपाल वायुसेवा निगमले साढे ९ बजे १ सय ५० यात्रुसहित एयरबसले दिल्लीतर्फको उडान भरेको छ । त्यस्तै, निगमले साढे ११ बजे १ सय ९० यात्रुसहित बोइङले दोहा उडान भर्ने तयारी गरिरहेको जनाएको छ । त्यस्तै, ओमन एयर आईतवार बिहान ३ बजे आएर साढे ४ बजे फर्कने जानकारी आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL