Logo

व्यवसायिक योजनाका लागि आर्थिक समाचार पढ्छु

व्यवसायिक योजनाका लागि आर्थिक समाचार पढ्छु


रामराजा श्रेष्ठ
0
Shares

ज्योत्सना श्रेष्ठ. प्रोप्राइटर, मेरीगोल्ड ज्वेलर्स ।

बिहान कति बजे उठ्नुहुन्छ ?

साढे ५ बजे उठ्छु ।

त्यसपछि ?

प्राय जीम जान्छु । धेरै चिसोको समयमा चाहीँ घरमै व्यायम गर्छु । त्यसपछि विहानको बाँकी समय छोरालाई दिन्छु ।

अफिस नि ?

११ बजे । दिनभर अफिसमै व्यस्त हुन्छु ।

मनोरञ्जनका लागि के गर्नुहुन्छ ?

मलाई प्राय सेन्टिमेन्टल गीत सुन्न मन पर्छ । त्यसपछि पुस्तक पढेर पनि मनोरञ्जन लिने गर्छु । कहिलेकाँही फिल्म हेर्न जान्छु ।

कस्ता फिल्म मन पर्छ ?

फिल्म त प्राय हिन्दी नै हेरिन्छ । त्यसमा पनि कमेडी बढी हेरिन्छ । तर, नेपाली फिल्म भने अहिलेसम्म हेरेको छैन । आगामी दिनमा हेर्ने योजना बनाएको छु ।

कति वटा देशको भ्रमण गर्नुभयो ?

झण्डै १ दर्जन देशको भ्रमण गरे ।

भ्रमण गरेकोमध्ये मनपर्ने ठाउँ ?

विदेशमा मौरिसस र बैंकक । नेपालमा पोखरा ।

ग्याजेट्स ?

आइफोन तथा सामसुङको नोट थ्री चलाउछु । त्यस्तै कम्प्युटर तथा ल्यापटपमा भने डेल नै ठिक लाग्छ ।

ड्रेस अप ?

आफुलाई सुहाँउदो लगाउँछु । यही व्राण्डको भन्ने छैन ।

घडी पनि लगाउनु भएको छ । यो कुन ब्राण्डको हो ?

घडीमा गुची र रोलेक्स मन पर्छ । तर कहिलेकाँही अन्य व्राण्डको पनि लगाउछु ।

नेपाली पोसाक कत्तिको लगाउनु हुन्छ ?

दैनिक जीवनमा त नेपाली पोसाक प्रयोग गर्दिन । तर, अन्तरराष्ट्रिय स्तरको कार्यक्रममा भने प्राय नेपाली कपडा लगाउँछु । त्यस्तै गहना पनि नेपाली डिजाइन कै लगाउछु ।

तपाईको आफ्नै गहना पसल छ, गहनामा त रुची होला नि ?

गहनामा एकदमै रुची छ ।

कस्तो गहना लगाउन मन पर्छ ?

म प्राय नेपाली गहना नै लगाउँछु । विशेषगरी विवाह, वर्थडेलगायतमा नेपाली डिजाइनका गहना लगाउछु । अन्य समयमा भने अन्तरराष्ट्रिय डिजाइनका गहना लगाउछु ।

तपाइलाई बाहिर सुन्दरी व्यवसायीका रुपमा चिन्छन् नि ?

हो र । म भन्दा सुन्दर व्यवसायी अरु पनि हुनुहुन्छ । तर, मान्छेको रुपभन्दा पनि मन सुन्दर हुनुपर्छ ।

व्यवसायिक योजनका लागि कस्तो पुस्तक पढ्नुहुन्छ ?

बिजनेशका लागि म प्राय आर्थिक समाचार पढछु । त्यस्तै कर सम्वन्धी विभिन्न पुस्तकहरु अध्ययन गर्छु ।

बजारमा जाँदा प्राय किन्ने सामग्री ?

मलाई जुत्ता तथा व्याग किन्ने गर्छु । अहिले जुत्ता र व्याग कलेक्सन गरिरहेको छु ।

नयाँ व्यवसायिक योजना केही छ कि ?

खासै त्यस्तो योजना त छैन । तर व्यवसायलाई विस्तार गर्नुका साथै आफ्ना उत्पादन निर्यात गर्ने तयारी गरिरहेको छु ।

नेपाली व्यवसायीका राम्रा पक्ष के हुन् ?

नेपालीहरु अरुको तुलनामा सोझो तथा असल हुन्छन् । नेपालीमा छलकपटको भावना छैन । त्यो नै उनीहरुको राम्रो पक्ष हो ।

नराम्रा पनि केही छन् कि ?

नेपाली व्यवसायीका राम्रा भन्दा नराम्रा पक्ष धेरै छन् । अरुको तुलनामा अल्छि छन् । नेपाली व्यवसायीलाई आफुले गरेको व्यवसायको नीति तथा नियमका बारे पनि जानकारी छैन । देखासिकी र हचुँवाको भरमा व्यवसाय सञ्चालन गर्नु नेपालीको नराम्रा पक्ष हुन् ।

मनपर्ने व्यवसायी ?

अम्बिका श्रेष्ठ र विके श्रेष्ठ ।

तपाँईको लक्ष्य के हो ?

एउटा राम्रो महिला व्यवसायी र असल नागरिक बन्ने मेरो लक्ष्य हो । जुन कुराबाट अरुलाई पनि जान्ने मौका मिलोस ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL