Logo

अलैँचीको व्यवसायिक क्षेत्र विस्तार, उत्पादन खुम्चियो

अलैँचीको व्यवसायिक क्षेत्र विस्तार, उत्पादन खुम्चियो


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

११ फागुन, काठमाडौं । नेपालमा अलैँची खेतीको व्यवसायिक रुपमा क्षेत्र विस्तार भएपनि यसको उत्पादन भने घटेको छ । अलैँचीको उत्पादनमा बार्षिक ५० प्रतिशतले कमी आएको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।
उत्पादनसँगै अलैँचीको निर्यात घटेको उनीहरुको भनाई छ ।

 राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०\७१ को पहिलो ६ महिनामा नेपालबाट २ अर्व ५३ करोड ७२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा १ अर्व ४८ करोड ९ लाख रुपैयाँको मात्र अलैची निर्यात भएको छ । गत आवको तुलनामा यो ४१ प्रतिशतले कमी हो ।

यता विश्वबजारमा माग उच्च रुपमा बढ्न थालेपछी नेपालमा अलैँची व्यवसाय भने विस्तार हुँदै गएको छ । हाल देशका ४० जिल्लाका १३ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन हुने संघले जानकारी दिएको छ । विदेशमा नेपाली अलैचीको माग बढ्न थालेपनि किसानहरु त्यसतर्फ आकर्षित हुन थालेको उनको भनाइ छ ।

नेपाल अलैँची उद्योग संघका अध्यक्ष राजेन्द्र  घिमिरेका अनुसार जगंलमा रुख फडानीको गतिविधी बढ्न थालेपछी अलैँचीको उत्पादनमा  कमी आएको हो । ‘अलैंचीलाई चिस्याइलो तथा ओसिलो जमिन चाहिन्छ,’ उनले भने, ‘रुख फडानीले जमिनको चिस्याइलो नै हराएपछि उत्पादन स्वत घट्दै गएको छ ।’ यो नगदेवाली  अलैँची विशेषगरी पहाडमा सिमसार तथा खोल्सा र खोरियामा उत्पादन हुने उनले जानकारी दिए । गत बर्ष ८ हजार मेट्रिक टन अलैची उत्पादन भएकोमा यस बर्ष ५ हजार मात्र भएको

‘ब्ल्याक डाइमण्ड’को रुपमा चिनिने अलैँची निर्यात गरेर अर्थतन्त्र बलियो बनाउने सम्भावना भएपनि आन्तरिक समस्याका कारण यसको प्रवद्र्धन गर्न नसकिएको घिमिरेको गुनासो छ । अलैँचीको निर्यातमा आएको ह्रासले देशको कुल निर्यातमा समेत नकारात्मक प्रभाव पारेको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आवको ६ महिनामा नेपालबाट कुल ४५ अर्व १४ करोडको निर्यात भएकोमा भएकोमा चालू आवमा रु. ४३ अर्व ३९ करोडमा सिमित भएको छ । अलैँचीको निर्यातमा कमि आएसँगै समग्र निर्यात घट्न गएको राष्ट्र बैंकले बताएको छ ।

नेपालमा ‘कृषि मण्डी’को व्यवस्था नभएकोले भारतीय मण्डीको भरपर्नु परेको घिमिरेको गुनासो छ । जसले गर्दा नेपाली अलैँची भारतीय व्यवसायीले उनीहरुकै ट्रेडमार्कमा खाडी मुलुकतिर निर्यात गर्दै आएको छन् । नेपाली अलँैचीले हालै ‘एभरेष्ट विग कार्डमम’को ट्रेडमार्क प्राप्त गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा अलैँचीको माग बढेकोले यसको प्रवद्र्धनका लागि कृषक व्यवसायी र सरकारबीच छलफल हुनुपर्ने घिमिरेको माग छ । तर यसबारेमा सरकारले चासो नदेखाएको उनको आरोप छ । हामिले पटकपटक यस विषयमा सरकार समक्ष माग पेश गरेका छौं तर सरकारले हालसम्म कुनै कदम नचालेको उनले जानकारी दिए ।

किसानले उत्पादन गरेको विरुवा परिक्षण गर्न समेत सरकारले चासो नदेखाएको उनको आरोप छ । ‘हामीले विरुवा परिक्षणको माग राख्दा पनि सरकारले सुनेको छैन,’ उनले भने, ‘जसले गर्दा अलैँची खेतीमा लाग्ने किसानलाई निरुत्साहित बनाएको ‘जसले गर्दा अलैँची खेतीमा लाग्ने किसानलाई निरुत्साहित बनाएको छ ।’ त्यस्तै यसको बजार पहिचानलगायत विषयमा सरकारसँग १ बर्ष अघि नै सम्झौता भएपनि हालसम्म कार्यन्वयनमा नआएको उनले जानकारी लिए ।
सरकारले विदेशी वस्तुको विज्ञापन गरेर नेपाली उत्पादनलाई वेवास्ता गरेको समेत उनको आरोप छ ।

अलैँचीको मूल्य प्रति मन १ लाख रूपैयाँ पर्छ । यसको मूल्य गुणस्तर अनुसार फरक पर्ने उनले जानकारी दिए । उनका अनुसार गुणस्तर अनुसार प्रतिकेजी २ हजार रुपैयाँ सम्म फरक पर्छ ।
चिसो नगदेवालीको रुपमा लिइएको अलैँचीको माग विशेषगरी खाडी मुलुकमा बढी रहेको व्यवसायीहरु बताउँछन् । केही समयभित्रै नेपाली अलैँचीलाई खाडी मुलुकमा निर्यात गर्ने योजना रहेको उनले जानकारी दिए ।

अलैँची विशेषगरी औषधि तथा मसला बनाउन प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL