Logo

सन्दिप बने आइपिएल खेल्ने पहिलो नेपाली, दिल्ली डेयरले २० लाखमा किन्यो

सन्दिप बने आइपिएल खेल्ने पहिलो नेपाली, दिल्ली डेयरले २० लाखमा किन्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने भएका छन् ।

आइपिएल क्रिकेट प्रतियोगिताका लागि लामिछानेलाई अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा खरिद गरेको हो । यससँगै आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

५ सय ७८ जनाको अक्सन सूचीमा १७ बर्षिय लामिछाने २ सय ७८ नम्बरमा थिए ।

पहिलो चरणमा घोषणा गरिएका ११ खेलाडीको सूचीमा नपरेपनि उनीलगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो ।

दिल्लीको टिममा गौतम गम्भीर, ग्लेन म्याक्सवेल,ट्रेन्ट बोल्ट,पृथ्वी शाहलगायत छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL