Logo

चीनको हरियाली अभियान, आयरल्याण्ड आकारको जंगल बनाउदै

चीनको हरियाली अभियान, आयरल्याण्ड आकारको जंगल बनाउदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विश्वका जलवायु परिवर्तन एउटा गम्भिर मुद्धाका रुपमा आइरहदा चीनले हरियाली अभियानको थालनी गरेको छ । जलवायु परिवर्तनलाई सन्तुलित राख्ने तथा वातावरणीय प्रदुषण कमगर्ने उद्देश्यसहित चीनले अभियानकै रुपमा बृक्षरोपणको थालनी गरेको हो ।
यसैक्रममा चीनले आयरल्याण्ड जतिकै क्षेत्रफलमा बृक्षरोपण गर्ने भएको छ । जुन आगामी १ दशकमा कूल भुभागको २३ प्रतिशत हरियाली बनाउने लक्ष्यसहित अघि बढेको छ ।

पछिल्लो समय बृक्षरोपण चीनको महत्वपूर्ण मिसनको रुपमा अगाडी सारेको छ । चीन सरकारले सन् २०१६ देखि २०२० सम्म २१ देखि २३ प्रतिशतसम्म भुभाग हरियाली बनाउने घोषणा समेत गरेको छ ।

जाङ जियानलङ स्टेट फेष्टि एडमिनिष्ट्रेनका प्रमुखका अनुसार यो बर्ष चीनले कम्तिमा ६६ लाख ६० हजार हेक्टरको नयाँ जंगल बनाउने लक्ष्य राखेको छ । उनका अनुसार गत पाँच बर्षमा ३ करोड ३८ लाख हेक्टर जमिनमा बृक्षरोपण गरिसकेको छ । जसका लागि ५३ अर्ब ८० लाख युआन खर्च भएको समाचारमा उल्लेख छ ।

चीनले साईयोंगान विकास क्षेत्रको हेवई राज्यमा ४ लाख ४३ हेक्टरमा पनि बृक्षरोपणको योजना अघि सरकारको छ । त्यस्तै बेइजिङ नजिकैको प्रदुषित शहर हेवईमा समेत २०२० को अन्त्यसम्ममा ३५ प्रतिशतसम्म भुभागमा बृक्षरोपण गर्ने प्रतिबद्धता गरिएको छ ।

चीनले ७ प्रतिशतमात्र खेतीयोग्य जमिन उपयोग गरेर पनि विश्वको झण्डै एक तिहाई जनसंख्यालाई पालेर राखिरहेको छ । उसले औद्योगिक विकासको सन्तुलन, खाद्यन्न उत्पादन बढाउन संघर्ष गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL