Logo

युनिलिभरको साम्राज्य पतन्जलिले हटाउला ?

युनिलिभरको साम्राज्य पतन्जलिले हटाउला ?


बिजखबर संवाददाता
27
Shares

भारतमा युनिलिभरको साम्राज्य अहिले पनि छ, जबकी उसका प्रतिशपर्धीका रुपमा कैयौ कम्पनीहरु भित्रिएका छन् ।

हिन्दुस्तान युनिलिभर लिमिटेडले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको राजस्व अन्य प्रतिशपर्धीको भन्दा निकै बढी छ । कम्पनीले तेस्रो त्रैमासिकमा ४ दशमलव १ प्रतिशतले बढेको छ ।

जुन भारतमा आक्रामक रुपमा छाएको दैनिक उपभोग्य सामग्री विक्री गर्ने पतञ्जली आयुर्वेद लिमिटेडको भन्दा निकै बढी हो । तीन महिनामा युनिलिभरको राजस्व ८७ अर्व ४० करोड पुगेको छ । मुम्बइमा रहेको कम्पनीले आफ्नो स्टेटमेन्टमा यस्तो जानकारी दिएको हो ।

विश्लेशकहरुले युनिलिभरको सोे अबधिको राजस्व ८४ अर्व ३० करोड भारु हुने अनुमान गरेका थिए । विश्लेषकहरुको अनुमानलाई गलत सावित गर्दै कम्पनीले १४ अर्व ३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

यसैक्रममा हालै रामदेवले आगामी बर्ष पतञ्जलीले युनिलिभरलाई उछिन्ने अनुमान गरिएको बताएका छन् । यता युनिलिभरले डिटरजेन्ट देखि क्रिमसम्मा अन्य कम्पनीसँग प्रतिशपर्धा गरिरहेको छ । जसको हालै सार्बजनिक रिपोर्ट अनुसार अन्य कम्पनीलाई युनिलिभरसँग प्रतिशपर्धा गर्नु सहज छैन भन्ने देखाएको छ ।

हिन्दुस्तान युनिलिभरले स्थानीय प्रतिशपर्धीलाई लिभर आयुस नामक आर्युवेदिक साबुन, टुथपेष्ट तथा क्रिमहरु उत्पादन गरेर चुनौती थप गरिदिएको छ ।

यता पतञ्जलीले अमेजन डट कम इन्क र फ्लिपकार्ट अनलाइन सर्भिसजस्त इकमर्स कम्पनीसँग सहकार्य गरेर आफ्ना उत्पादनलाई अनलाइन विक्री गर्ने बताएको छ । जसबाट २ सय अर्ब भारु राजस्व संकलनको योजना बनाएको छ । सो अवधिमा युनिलिभरले ३ सय अर्ब १६ करोड भारु राजस्व संकलन गर्ने बताएको छ ।

विगत केही बर्षयता युनिलिभरले उत्पादन गर्ने सबै वस्तुको उत्पादन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL