Logo

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी !

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी !


बिजखबर संवाददाता
27
Shares

म्याग्दी । मोबाइलको प्रयोग अब फोन गर्ने, भिडियो खिच्ने वा गेम खेल्नमा मात्र सिमित रहेन । कार्यालयका साथै अन्य कामका लागि पनि मोबाइलको प्रयोग हुने थालेको छ । पछिल्लो समय मोबाइलमा विभिन्न एप्सको विकास गरी दैनिक क्रियाकलाप समेत गर्न थालिएको हो ।

यसैक्रममा नेपालमै पहिलो पटक मोबाइल एप्सबाट को कामका साथै अन्य म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग डाँडामा पानी पुर्याइएको छ । म्याग्दीको बेनीमा एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको हो ।

म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पु¥याएका हुन् ।

मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो ।

मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत छन् ।

यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए ।

जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे । एप्सको एकपटक अन र अफ गर्न करिब रु चार खर्च हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL