Logo

मंगल ग्रहमा कार ‘लन्च’ गर्दै टेस्ला

मंगल ग्रहमा कार ‘लन्च’ गर्दै टेस्ला


बिजखबर संवाददाता
0
Shares

कार निर्माता कम्पनीले आफूले उत्पादन गर्ने नयाँ कार ‘रोडस्टेर’ मंगल ग्रहमा सार्वजनिक गर्ने भएको छ । कम्पनीका मालिक इलोन मस्कले एक ट्वीट लेख्दै सन् २०१८ मा उक्त मोडलको कार मंगलबाट सार्वजनिक हुन् जनाएका हुन् ।

टेस्लालले स्पेसएक्सले पहिलोपटक उडान गर्न लागेको फाल्कोन रकेटमार्फत रोडस्टेरलाई मंगलग्रहमा लैजाने छ । मस्क आफै स्पेसएक्सका पनि मालिक हुन् ।


मस्कले यस्तो विषय सार्वजनिक गरेपछि प्रविधि क्षेत्रका कतिपयले उनको योजनालाई हाँसोमा उडाएका छन् । तर स्रोतका अनुसार मस्क आफ्नो यो योजनामा निकै गम्भिर छन् । मस्कको इतिहास र रकेटको क्षमताको हिसाबले पनि उनको यो योजना विश्वासयोग्य रहेको जनाइएको छ ।

सन् २०१० मा मस्कले आफ्नो एरोस्पेस कम्पनी स्पेसएक्स मार्फत अन्तरिक्षमा विल अफ चिज पठाएका थिए । गत मार्चमा मात्रै उनले हामीले कल्पना गर्न सक्ने सबैभन्दा अचम्मका कुरा फाल्कोन हेभीको पहिलो उडानमार्फत पठाउने जनाएका थिए ।

स्पेसएक्सले निर्माण गर्ने फाल्कोनले ३७ हजार पाउण्डसम्म क्षमताको सामग्री बोक्न सक्छ । यो भनेको १४ ओटा टेस्ला रोडस्टेरको तौल बराबर हो ।
फाल्कोन हेभीको उद्घाटन आगामी जनवरी महिनामा हुने मस्कले स्पष्ट पारिसकेका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL