Logo

३० वर्षमा यी देश हुनेछन विश्वकै शक्तिशाली

३० वर्षमा यी देश हुनेछन विश्वकै शक्तिशाली


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सन् २०५० सम्ममा हामीले चिनेको विश्वमा यस्तो जर्वजस्त परिवर्तन आउछ की त्यहाँ आर्थिक तथा वित्तिय परिवर्तनको कुनै सीमा हुदैन ।

हालै प्रोफेसनल सर्भिस गेन्ट पिडब्लुसी (जसले आर्थिक अवस्थाबारे अध्ययन गर्दै आएको छ) अनुसार अवको ३३ बर्षमा विश्व हालसम्मकै शक्तिशाली बन्ने छ । ‘द लङ भ्यु’ शिर्षकको सो रिपोर्टका अनुसार ३२ ओटा राष्ट्रलाई तिनीहरुहरुको अनुमानित विश्वव्यापी सकल घरेलु क्रय शक्ति समानताका आधारमा शक्तिशाली प्रक्षेपण गरेको हो ।

क्रय शक्ति समानतालाई (पिपिपि) अर्थविदहरुले विभिन्न देशको एक निश्चित समय अवधिमा आर्थिक उत्पादन क्षमता तथा जीवनस्तरको आधारमा पार्जन क्षमता मापन गर्न प्रयोग गर्छन् ।

रिपोर्ट अनुसार अमेरिकाबाहेक जर्मनी, जापानलगायत राष्ट्रहरुलाई अन्य भारत, इण्डोनेशियालगायत राष्ट्रले पछाडी पार्ने छन् । जुन अहिले विकास हुने क्रममा छन् ।

चीनको पिपिपि ५८ ट्रिलियन ४९९ विलियन हुने छ । त्यस्तै भारत ४४ ट्रिलियन १२८ विलियन पिपिपिसहित दोश्रो नम्बरमा रहने छ । अमेरिका ३४ ट्रिलियन १०२ विलियन, इन्डोनेशिया १० ट्रिलियन ५०२ विलियन, ब्राजिलको ७ ट्रिलियन ५४० विलियन क्रय शक्ति समानता रहने छ ।

रसिया ७ ट्रिलियन १३१ विलियन, जापान ६ ट्रिलियन ७७ विलियन , जर्मनी ६ ट्रिलियन १३ विलियन र युके ५ ट्रिलियन ३६ विलियन पिपिपिसहित १० औं नम्बरमा रहने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL