Logo

दाङका उद्योगमा ११ अर्ब लगानी

दाङका उद्योगमा ११ अर्ब लगानी


बिजखबर संवाददाता
0
Shares

दाङ । दाङ जिल्लामा स्थापना भएका उद्योगहरुमा हालसम्म ११ अर्ब रुपैयाँ लगानी भएको छ ।

उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका उद्योगमा कुल१० अर्ब ९५ करोड १७ लाख ४० हजार रुपैयाँ लगानी भएको छ । सो अबधिमा विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो ।

उक्त लगानी सिमेन्ट उद्योग बाहेकका अन्य उद्योगमा भएको लगानी रहेको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिएका । हालसम्म ४ हजार ९ सय २ वटा उद्योग दर्ता भएको समेत उनले जानकारी दिए ।

जिल्लामा सबैभन्दा धेरै कुटानी पिसानी र च्युरा मिल उद्योग गरी कुल ७ सय ४८ वटा दर्ता भएका छन् । त्यसैगरी होटल, रेस्टुराँ उद्योग ६ सय २२, पोल्टी फिड ५ सय ८६, सः मिल तथा फर्निचर उद्योग ३ सय ६५, ग्रिल उद्योग २ सय २३ र निर्माण सेवा २ सय ५५ वटा दर्ता भएका छन् ।

कृषि बहुउदेश्यीय उद्योग ३सय ७ र पशुपालन उद्योग ३ सय ३२ वटा दर्ता भएका छन् । कुल ५४ प्रकारका उद्योगले वार्षिक ८ अर्ब, ६७ करोड ६२ लाख ३७ हजार १ सय ६२ मेट्रिक टन उत्पादन गर्ने गरेको वलीले जानकारी दिए । ती उद्योगमा २२ हजार ९ सय ८१ जनाले रोजगारी पाएका छन् ।

चालु आवको पहिलो चौमासिकमा ३ सय आठवटा उद्योग दर्ता भएका छन् । जसमा ४१ करोड ९५ लाख ७५ हजार लगानी हुनुका साथै एक हजार १९ जनाले रोजगारी पाएका छन्÷रासस

प्रतिक्रिया दिनुहोस्
MBL