Logo

भ्यालेनटाइन डेका लागि १ लाख ५० हजार गुलाब भित्रियो

भ्यालेनटाइन डेका लागि १ लाख ५० हजार गुलाब भित्रियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ माघ,काठमाडौं । पश्चिमा मुलुकमा मनाइने भ्यालेनटाइन डे अर्थात प्रणय दिवस नेपाली समाजमा पनि उत्सवको रुपमा विकशित हुँदै गएको छ । भ्यालेनटाइन डे नजिकिदै गर्दा उपत्यकाका गिफ्ट तथा फुल पसलहरु सजिन थालेका छन् । त्यसमा पनि प्रेमको प्रतिकका रुपमा लिइने रातो गुलाबले त्यस्ता पसललाई आकर्षक बनाएको छ ।

नेपालमा भ्यालेन्टाइन डे मनाउने प्रचलन बढेसँगै युवाहरुले प्रेम प्रस्ताव राख्न रातो गुलाबको प्रयोग गर्ने क्रम बढेसँगै बजारमा रातो गुलाबको मागमा बृद्धि भएको छ । रातो गुलावको माग बार्षिक करिव १० प्रतिशतले बढ्दै गएको नेपाल फ्लोरीकल्चर एशोसियशनका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

उनका अनुसार नेपालमा उत्पादन हुने गुलाबले माग धान्न नसकेपछी हरेक बर्ष यो समयमा भारतबाट आयात गरिदै आएको छ । नेपालमा उत्पादन हुने गुलाबले मागको ४० प्रतिशतमात्र धान्ने उनले जानकारी दिए । उनका अनुसार यस बर्ष रातो गुलाबको माग १५ प्रतिशतले बढेको छ । गत बर्ष भ्यालेनटाइन डेमा नेपालभर २ लाख ओटा भन्दा बढी गुलाब खपत भएको थियो । त्यसमध्ये १ लाख स्वदेशी र अन्य आयातित हुन् ।

एसोसिएसनका अनुसार यस बर्ष १ लाख ५० हजार ओटा गुलाब भारतबाट ल्याइएको छ । ‘गत बर्ष व्यसायीले प्रतिगोटा २० देखि ३० रुपैयाँमा आयात गरेका थिए,’ उनले भने, ‘यस बर्ष युरोपबाट भारतीय गुलाबको माग बढ्न थालेपछि नेपाली व्यवसायीले ३५ देखि ४० रुपैयाँमा किनेका छन् ।’ जसअनुसार भारतबाट मात्र ५० लाख रुपैयाँभन्दा बढीको गुलाब आयात भएको छ । त्यस्ता गुलाबको मूल्य अन्य समयमा प्रतिगोटा १५ देखि २५ पर्छ भने भ्यालेन्टाइन डेमा ५० देखि १ सय रुपैयाँ सम्म पर्ने गरेको छ ।

किन मनाइन्छ भ्यालेनटाइन डे ?

सेन्ट भ्यालेनटाइनलाई सम्झदै १९ औं शताब्दीदेखि रोमबाट यो दिवस मनाउन थालिएको हो । रोमन पादरी भ्यालेनटाइनले जेलमा परेका कैदीहरुलाई सामुहिक विवाह गराइदिएपछी तत्कालिन रोम सम्राट क्लोडिअस द्धितीयले पादरीलाई मृत्युदण्ड दिएका थिए ।

भ्यालेनटाइनको हत्यापछी सम्राटको विरोध भयो र उनको सासनको अन्त्य तथा प्रेमका पुजारीको जित भएको थियो । भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिनलाई उनैको सम्झना स्वरुप प्रेम दिवसका रुपमा मनाउन थालिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL