Logo

कृतिम मानव छाला बनाउदै गुगल

कृतिम मानव छाला बनाउदै गुगल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२६ माघ,काठमाडौं । इन्टरनेटको पहुँचमा छ र नयाँ शब्द भेटिएमा हामी गुगल सर्च गरिहाल्छौ । गुगलले हामी सबैलाई नयाँ शव्द तथा सुचना बारे जानकारी लिन धेरै सजिलो बनाइदिएको छ ।

‘सर्च इन्जिन’ गुगल सुचना प्रविधिमा मात्र नभइ चिकित्सा विज्ञानलगायतमा समेत गुगल अगाढी बढेको छ ।   जसअनुरुप गुगलले  कृतिम मानव छाला बनाउने भएको छ ।

क्यान्सर पत्ता लगाउने न्यानो पार्टिकल्स जसले रिष्टव्याण्डसँग काम गर्छ त्यसको  परिक्षण गर्नका लागि कृतिम  छाला बनाउन लागेको हो ।

गत बर्ष गुगलले  चुम्वकीय न्यानोपार्टिकल्सहरुले रक्तनलीमा भएका क्यान्सरका कणहरु पत्ता लगाइ रिष्टव्याण्डलाई रिपोर्ट गर्ने जानकारी सार्वजनिक गरेको थियो ।

त्यसैअनुरुप रगतमा रहेको क्यान्सरका कोष पत्ता लगाउने न्यानो पार्टिकल्स परिक्षण गर्न मानव छाला बनाउन लागेको हो ।

हाल कम्पनीले सो प्रविधिको विकास गर्न ‘सिन्थेथिक’ छाला प्रयोग गरेको छ । गुगलका एक कर्मचारीले भने ‘यो प्रविधिले सतही नशाको माध्यमबाट कुमसम्म सुचाना पु¥याउन प्रकाशका किरणको प्रयोग गछ’ ।

गुगलका वैज्ञानिकका अनुसार छालामा प्रकाश पठाएर छालाको प्रकार रङ र प्राकृतिक कुम बनाउने बताए । जसमा   प्राकृतिक कुमको जस्तै  अटोफ्लोरिस्कीन र वायोकेमिकल हुन्छ । गुगलको लाइभ साइन्स डिपार्टका प्रमुख एण्ड्रयु कोनरेडका अनुसार सो कणले शरिशरमा भएको क्यान्सरको कणहरुलाई  पत्ता लगाउन सक्छ । एजेन्सी ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL