Logo

जाकर्ता विश्वमै बढी जाम हुने सहर, बर्षमा ३३ हजार पटक रोकिन्छ गाडी

जाकर्ता विश्वमै बढी जाम हुने सहर, बर्षमा ३३ हजार पटक रोकिन्छ गाडी


रामराजा श्रेष्ठ
0
Shares

२३ माघ,काठमाडौं । काठमाडौंको सडकमा सवारी जामबाट हामी सबै दिक्क छौं । काठमाडौंमा २ किलोमिटरको दुरीमा कम्तीमा ५ मिनेट जाम हुन्छ । यस्तो जाममा यात्रुलाई मात्र होइन ड्राइभरलाई गाडी रोक्न तथा चलाउन झण्झट हुन्छ ।

तर विश्वमा काठमाडौंमा भन्दा कैयौं बढी समय जाम हुने सहरहरु पनि छन् । जाकर्ता विश्वको सवैभन्दा बढी ट्राफिक जाम हुने शहर हो ।

मोटर आयात कम्पनी काष्ट्रोलले सार्वजनिक गरेको सुचांकले यस्तो देखाएको हो । इण्डोनेसियाको राजधानि जाकर्तामा एउटा ड्राइभरले बर्षमा औसतमा ३३ हजार २ सय ४० पटक कार रोक्ने तथा चलाउने गर्ने सो सुचांकले देखाएको छ ।

काष्ट्रोलले विश्वका ७८ देशमा टोमटोम नेभिगेसन डिभाइसको माध्यमबाट जामको अध्ययन गरेको थियो । सो डिभाइसलार्ई एउटा कारमा जडान गरी प्रतिकिलोमिटर कतिपटक रोक्ने तथा पुन स्टार्ट गरिन्छ सोको गन्ति गरीएको थियो । त्यसलाई बार्षिक गुड्ने दुरीसँग गुणन गरी सो निष्कर्ष निकालिएको बताइएको छ ।

जाकर्ता पछी टर्कीको इस्तानबुल शहर बढी जाम हुने शहर हो । त्यस्तै मेक्सीकोको मेकिसको सिटी, सुरवया, रुसको एसटी पिटरर्सबर्ग बढी जाम हुने शहरभित्र पर्छन् । तर काठमाडौंको कुनै पनि शहर टप टेन भित्र  पर्दैन  । एजेन्सी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL