Logo

विशालबजारका ६ व्यापारी विरुद्द मुद्दाको तयारी

विशालबजारका ६ व्यापारी विरुद्द मुद्दाको तयारी


रामराजा श्रेष्ठ
0
Shares

बिजबखर संवाददाता

२१ माघ काठमाडौं । वाणिज्य विभागल अनुगमनका क्रममा दोशी ठहरिएका विशालबजारका ६ जना व्यापारी विरुद्ध विशेष अदालतमा मुद्दा चलाउने तयारी गरेको छ । केही समय अघि आवश्यक प्रमाण नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले फिर्ता गरेपछि वाणिज्यले पुनः मुद्दा चलाउने तयारी गरिएको विभाग स्रोतले बताएको छ । ‘विभागले सिधै अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ,’ विभाग स्रोतले भन्यो, ‘अभियोग पत्र तयार भइसकेकाले केही समयभित्रै विशेष अदालतमा मुद्दा दायर गर्ने छौं ।’

विभागले बीआई ओम स्टोरका सञ्चालक महाबीरप्रसाद अग्रवाल र विजय अग्रवाल, अंकित स्टोरका सञ्चालक धनश्याम अग्रवाल, ओके ल्यान्डका गौतम श्रेष्ठ, रेडिमेड स्टोरका सुजन दत्त, इन्टर सपका अनिल सरावागी, आरएसए त्रिसाका राजु मानन्धर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

विभागले विशालबजारका ६ व्यापारीविरुद्ध उपभोक्ताबाट चर्को मूल्य असुल गरेको अभियोगमा गत माघ ११ गते काठमाडौं जिल्ला प्रशासनमा मुद्दा दायर गरेको थियो । ती व्यापारीविरुद्ध वाणिज्य विभागले कालोबजारी र अन्य सामाजिक अपराध तथा सजाय ऐन २०६३ अन्तर्गत प्रक्रिया नपु¥याइ हदबन्दी कटाएर मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रशासनले आफु अनुसन्धान गर्ने तथा तहकिकात गर्ने निकाय नभएको तथा हदबन्दी कटाएर आवश्यक प्रक्रिया नपु¥याइ मुद्दा आएकोले केही गर्न नसक्ने भन्दै सोही दिन विभागलाई फाइल फिर्ता गरेको थियो ।

चाडपर्वमा उपभोक्ताहरु ठगिने सम्भावना बढी हुने भन्दै गत असोजमा विभागले विशाल बजारको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उनीहरुले लताकपडाबाट १३ गुणासम्म नाफा खाएको पाइएको थियो । कालाबजार सम्बन्धी कानुनअनुसार व्यवसायीले बस्तुको लागत मूल्य भन्दा २० प्रतिशत मात्र नाफा लिन पाउने नियम छ ।

२० प्रतिशत भन्दा बढी नाफा लिइ विक्री गर्नेलाई कारवाही गर्ने अधिकार विभागलाई छैन । कालाबजारी ऐनअनुसार कुनै पनि बस्तुको व्यापार गर्ने व्यक्तिले वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सय कडा २० भन्दा बढी मुनाफा लिई विक्री गरेमा ५ बर्षसम्मको कै अथव जरिवाना वा दुवै हुने प्रावधान छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL