Logo

काठमाडौंमा २० मेवाको जलविद्युत् आयोजना बन्दै, प्राइम बैंकको लिडिङ्मा चीनको लगानी

काठमाडौंमा २० मेवाको जलविद्युत् आयोजना बन्दै, प्राइम बैंकको लिडिङ्मा चीनको लगानी


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

laxmi

१७ माघ, काठमाडौं । काठमाडौंमा २० मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने भएको छ । मान्डु जलविद्युत् आयोजनाले वागमती नदीमा उक्त क्षमताको जलविद्युत् आयोजना बनाउन लागेको हो ।

मान्डुका अनुसार हाल जलविद्युत् निर्माणका लागि अन्तिम तयारी भइरहेको छ । ‘हाल वागमतीमा जलविद्युत् आयोजना बनाउनका लागि विभिन्न आवश्यक काम सकेर निर्माणका लागि अन्तिम चरणमा पुगेका छौं,’ मान्डु जलविद्युत् आयोजनाका एक अधिकारीले भने ।

२० मेगावाट क्षमताको उक्त जलविद्यत् आयोजना निर्माणका लागि लगानी समेत जुटिसकेको मान्डुले बताएको छ । उक्त आयोजनामा नेपाल र चीनले संयुक्तरुपमा लगानी गर्ने भएका छन् । जसअनुसार नेपालको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ भने चीनको ४९ प्रतिशत सेयर स्वामित्व रहने छ ।

final logo

आयोजना निर्माणका लागि करिव ३ अर्व ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट आयोजना निर्माणखर्च १८ करोड रुपैयाँ लाग्ने छ । आयोजना लगानीका लागि नेपालको तर्फबाट प्राइम कमर्शियल बैंकले लीड गर्ने भएको छ । उक्त जलविद्युत् आयोजनामा प्राइमको नेतृत्वमा विभिन्न ९ वटा बैंकले लगानी गर्ने भएका छन् । जसमा प्रभु बैंक, सनसाइज बैंक, एनआइडीसीलगायतका बैंकहरु रहको उक्त स्रोतको भनाइ छ ।

प्राइम बैंकले यस अघिपनि जलविद्युत् आयोजनाका लागि विदेशी लगानी ल्याएको थियो । उसले तल्लो सोलु आयोजनाका लागि विभिन्न ५ वटा विदेशी बैंकसँगको सहकार्यमा तल्लो सोलु जलविद्युत आयोजनाका लागि १३ अर्व रुपैयाँ हाइइ«ने फण्ड ल्याउने सहमति गरिसकेको छ । पछिल्लो समय जलविद्युत् आयोजनामा गरिने लगानीलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बैंक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL