Logo

१२ औं पटक उचाल्यो रियलले युरोपेली च्याम्पियन्स लिगको उपाधि

१२ औं पटक उचाल्यो रियलले युरोपेली च्याम्पियन्स लिगको उपाधि


बिजखबर संवाददाता
27
Shares

रियल मड्रिडले १२ औं पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । गए राती भएको फाइनल खेलमा युभेन्टसलाई हराउँदै मड्रिडले १२ औं पटक युएएफएको उपाधी उचालेको हो ।

मड्रिडले युभेन्टसलाई ४-१ गोल अन्तरले युरोपेली च्याम्पियन्स लिगको उपाधी रक्षा गरेको हो । जसमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको थिए ।

रोनाल्डोले ड्यानी कार्भाहालको पासलाई गोलमा परिणत गर्दै २० औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमै युभेन्टसका मारियो मान्जुकिचले गोल गर्दै बराबरीमा पुर्याएका थिए ।

दोस्रो हाफमा रियलले थप ३ गोल गर्दै अन्तत ४-१ को फराकिलो जीत निकाल्यो । जसमा कासेमिरोले ६१ औं मिनेटमा गोले गरे भने ६४ औं मिनेटमा पुनः रोनाल्डोले तेस्रो गोल गरे । त्यसपछि मार्को असेन्सियोले अन्तिम समयमा चौथो गोल गरेका थिए ।

जीतसँगै रियलले विश्वकै सबैभन्दा महंगो पुरस्कार भएको च्याम्यिन्स लिगको उपाधी उचालको हो । जीतसँगै रियलले १५ दशमलब ५ मिलियन युरो रकमका साथमा ट्रफी उचालेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL