Logo

यी हुन् बढी सुन सञ्चित गर्ने १० देश, चीन र भारत पनि अगाडी

यी हुन् बढी सुन सञ्चित गर्ने १० देश, चीन र भारत पनि अगाडी


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

१२ माघ, काठमाडौं । व्यक्तिगत रुपमा पनि सुन धेरै हुनेलाई सम्भ्रान्त तथा धनीको रुपमा लिइने गरिन्छ । कतिपयले सुन शोखका लागि जम्मा गर्छन भने कतिले आर्थिक संकटमा प्रयोग गर्न ‘व्याकअप’को रुपमा ।

व्यक्तिसँगै राष्ट्रले पनि अर्थतन्त्रलाई दिगो बनाउन सुन संचित गर्दै आएका छन् । व्यक्तिजस्तै सुन धेरै हुने राष्ट्रलाई पनि सम्भ्रान्त तथा आर्थिक रुपमा बलियो मुलुकका रुपमा लिइन्छ । सुन अर्थतन्त्रको एउटा बलियो आधार हो । सुनले व्यक्ति तथा राष्ट्र दुवैको अर्थतन्त्रलाई वलियो र दिगो बनाउछ । सुन उत्सव र संकट दुवै अवस्थामा काम लाग्छ ।  मुद्रा सिधै पहेँलो धातु (सुन)बाट समर्थित भएपनि  विश्व अर्थतन्त्रमा एउटा महत्वपूर्ण उद्देश्य राख्ने भएकोले विशेषगरी विकशित राष्ट्रहरुले सुन संचित गर्दै आएका छन् ।

देशमात्र होइन सुन सञ्चितीमा संस्था पनि अघि छन् । अन्तराष्ट्रिय मुद्रा कोष सुन सञ्चिती गर्नेमध्येमा तेस्रोमा पर्छ । कोषसँग २ हजार ८ सय १४ टन सुन छ । सवैभन्दा बढी सुन सञ्चिती गर्ने मुलुकहरुमा अमेरिका, जर्मनी, फ्रान्स, इटलीका साथै, दक्षिण एसियाली मुलुक चीन र भारत पनि अगाडी रहेको स्केपहियरमा उल्लेख छ ।

अमेरिका

अमेरिका सवैभन्दा बढी सुन सञ्चित गर्ने देशको अग्र पंतीमा रहेको छ भने तेस्रो ठूलो सुन उत्पादक राष्ट्र पनि हो । विश्व अर्थतन्त्रमा अगाडी रहेको अमेरिकासँग ८ हजार १ सय ३३ दशमलव ५ टन सुन सञ्चित छ । ५० बर्ष अघि अमेरिकासँग २० हजार टन सुन सञ्चित भएकोमा घटाएर ८ हजार टनमा ल्याएको हो ।

जर्मनी

जर्मनी सुन सञ्चित गर्ने दोश्रो ठूलो राष्ट्र हो । जर्मनीले पछिल्ला बर्षहरुमा केही संख्यामा सुन बेच्दै आएको थियो । तर, अहिले सञ्चिती बढाउन पेरिस र न्यूयोर्कबाट सुन किन्ने मनासाय बनाएको समाचार स्रोतले बताएको छ । हाल जर्मनीसँग ३ हजार ३ सय ९० टन सुन छ ।

इटाली

इटाली पछिल्लो दशक उच्च सुन संञ्चितीकै कारण आर्थिक मन्दीबाट गुज्रिएको  थियो  ।  हाल इटालीसँग २ हजार ४ सय ५१ दशमलव ८ टन सुन छ ।

फ्रान्स

त्यस्तै फ्रान्ससँग २ हजार ४ सय ३५ दशमलव ४ टन सुन छ । फ्रान्सले हालै ५ सय टन सुन बेचेको थियो । फ्रान्स विश्वमा २ हजार सुन संचित गर्ने पहिलो राष्ट्र पनि हो । तर फ्रान्सले सुन संञ्चितीलाई बढावा नदिएको कारण हाल सुन सञ्चित गर्नेमध्ये चौथोमा पर्छ ।

 चीन

चीन विश्वको सवैभन्दा बढी सुन उत्पादन गर्ने राष्ट्र हो । तर, यसले उत्पादनको धेरै कम सुन मात्र सञ्चित गरेको छ । चीनले सुन बेचेर बजारमा लगानी गर्दै आएको छ । तर, चीनले पनि पछिल्लो समय आफ्नो सुन सञ्चितीलाई बढाउने भएको छ । हाल चीनसँग १ हजार ५४ दशमलव १ टन सुन सञ्चित छ ।

स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डसँग १ हजार ४० दशमलव १ टन सुन छ । यो सुन संचिती भएको देशको छैटौं नम्वरमा पर्छ ।

रुस

रुस विश्वको चौथो ठूलो सुन उत्पादक राष्ट्र हो । तर, रुससँग उत्पादनको तुलनामा निकै थोरै सुन मात्र संचित छ । रुससँग ९ सय ७० टन सुन छ ।

जापान

सानो तर शक्तिशाली राष्ट्र जापानले १९६० देखि सुन सञ्चिती गर्न सुरु गरेको हो । तर २०११ को  सुनामीले आर्थिक मन्दी निम्त्याएपछी सञ्चित सुन बेच्न थालिएको थियो । हाल जापानसँग ७ सय ६५ दशमलव २ टन सुन छ ।

नेदरल्याण्ड्स

पछिल्लो एक दशक देखि नेदरल्याण्डले सुनको सञ्चिती कम गर्न केही टन सुन बच्दै आएको छ । हाल सुन बेच्ने क्रमलाई कम गर्दैै गएको छ । नेदरल्याण्डसँग हाल ६ सय १२ दशमलव ५ टन सुन छ ।

भारत

भारतले सुनमा कमै लगानी गरेको छ । उनले हाल ५ सय ५७ दशमलव ७ टन सुन सञ्चित गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL