Logo

राष्ट्रिय वाणिज्य बैंकको स्वर्णजयन्ती शुभारम्भ, सर्वसाधारणलाई सेयर जारी गर्न तत्काल स्वीकृति दिइने

राष्ट्रिय वाणिज्य बैंकको स्वर्णजयन्ती शुभारम्भ, सर्वसाधारणलाई सेयर जारी गर्न तत्काल स्वीकृति दिइने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१० माघ, काठमाडौं । अर्थमन्त्री डा. रामरशण महतले राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा जारी गर्न लागेको ३० प्रतिशत सेयरलाई सरकारले चाडै नै स्वीकृति दिने बताए । शनिबार राष्ट्रिय वाणिज्य बैंकको स्वर्ण महत्वस सुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

यस्तै, अर्थमन्त्री महतले चालू आर्थिक वर्ष भित्र राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखा कार्यालय पुर्नस्थापना गर्न निर्देशन दिएका छन् । ‘दिनहुजसो ग्रामीण क्षेत्रका जनताहरु माओवादी द्वन्द्वमा विस्तापित भएका शाखा पुर्नस्थानाको माग राखेर मन्त्रालयका आउने गरेका छन्,’ उनले भने, ‘यो सरकारी स्तरको बैंक रहेको र ग्रामीण भेगगका जनतालाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्नका लागि पनि तत्काल पुर्नस्थापना गर्नु जरुरी छ ।’

rastrya-banagya-bank 1

झण्डै २ दशक अधि एकदमै समस्यामा रहेको सो बैंक हाल सफताको पथमा लम्किएकाले खुशी व्यक्त गर्दै आगामी दिनमा यसको रफतारलाई बृद्धि गर्नु पर्ने उनको भनाइ थियो । ‘हाल ग्रामीण क्षेत्रमा कर्मचारी जान नचाहने क्रम बढेको छ,’ उनले भने, ‘आगामी दिनमा वाध्यकारी नियम बनाएर भएपनि कर्मचारीलाई ग्रामीण क्षेत्रमा खटाउनु पर्छ ।’ साथै बैंकको तरलता बढी भएको बताउँदै आगामी दिनमा कर्जा प्रवाहलाई बढाउन सुझाव दिएका छन् ।

कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले बैंकले कृषिको विकास र वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । हाल देशका दैनिक १ हजार ५ सय भन्दा युवा वैदेशिक रोजगारीमा गएको बताउँदै आगामी दिनमा त्यस्ता युवालाई उद्यमशिल बनाउने तर्फ ध्यान दिन आग्रह गरे । यस्तै, उनले अर्थमन्त्री महत र सरकारका मुख्य सचिव लीलामणी पौडेललाई चुरे क्षेत्रमा भइरहेको कटानलाई तत्काल रोक्न समेत निर्देशन दिएका छन् ।

rrb-programe

यस्तै, वाणिज्य प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बैंक उन्नतिको पथमा लम्किएको जानकारी दिँदै प्रतिस्पर्धामा उत्रन सफल भएको बताए । ‘अव बैंकलाई प्रतिस्पर्धाको कुनै डर छैन,’ उनले भने, ‘आगामी दिनमा वाणिज्य बैंकले स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्ने छ ।’ बैंकले पुस मसान्त सम्ममा ३ अर्व ७८ करोड रुपैयाँ मुनाफा गरेको बताउँदै निक्षेप संकल र कर्जा प्रवाह समेत बढेको जानकारी दिए । हाल बैंकको पूँजी ८ अर्व ५८ करोड रुपैयाँ रहेको छ । बैंकले ‘तपाईको आफ्नै बैंक–ग्राहकलाई मुख्य केन्द्र बिन्दुमा राख्दै’ भन्ने मुल नाराका साथ अघि बढाइएको समेत उनले बताए ।

rastrya-banagya-bank

स्वर्ण जयन्तीको अवसरमा बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा योगदान पु¥याउने आर्थिक पत्रकार तथा संस्थालाई पुरस्कृत गरेको छ । जसमा अन्नपूर्ण दैनिकका कुवेर चालिसे र दि हिमालयन टाइम्सका रुपक शर्मालाई संयुक्त रुपमा नगद रु. ५० हजार र संम्मानपत्र सहित पुरस्कृत गरिएको छ । यसैगरी, आर्थिक पत्रकार समाज, नेपाल (सेजन)लाई आर्थिक तथा बैंकिङ क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै नगद रु. २ लाख र सम्मान पत्रसहित पुरस्कृति गरेको छ । बैंकले नेपाल रेडक्रसलाई पनि १३ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ ।

कार्यक्रममा बैंकका संचालक समित अध्यक्ष डा. रेवतबहादुर कार्कीले बैंकको शाखा कार्यालयलाई तत्काल पुर्नस्थपना गरिने बताए । यसैगरी वातावरण संरक्षणका लागि बैंकले ‘गो ग्रीन’ को अवधारणा ल्याएको जानकारी दिए । आगामी दिनमा बैंकलाई उन्नतिको पथमा लैजान ई–बैंकिङ सुविधालाई उच्च प्राथमिकता दिइएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL