Logo

कर्म नै भगवान हुन्, मन्दिरमा गएर पुजा गर्दिन

कर्म नै भगवान हुन्, मन्दिरमा गएर पुजा गर्दिन


रामराजा श्रेष्ठ
54
Shares

प्रवल जंग पाण्डे
कार्यकारी निर्देशक, कसमश सिमेन्ट ।

व्यवसायमा लाग्नु भएको कति वर्ष भयो ?

आफ्नै व्यवसाय शुरु गरेको ५ वर्ष भयो । यस अघि नेपाल टेलिकममा १२ वर्ष इन्जिनियरको रुपमा काम गरे ।

टेकिमकको जागिरलाई आकर्षक रुपमा हेरिन्छ । त्यहाँको जागिर छाडेर आफ्नै व्यवसायमा फर्कन केले प्रेरित ग¥यो ?

कुनै पनि व्यवसाय शुरु गर्दा आफुसँग पनि काम गरेका अनुभव हुुनुपर्छ । मैले सिक्नका लागि टेकिममा काम गरेको थिए ।

व्यवसाय शुरु गरेको छोटो समयमै सफल उद्यमी बन्नु भएको छ । यो कसरी सम्भव भयो ?

बुवाले शुरु गरेको व्यवसायमै लागेको छु त्यसले काम गर्न केही सहज भएको छ । सफल हुनुमा मेहनत र काम प्रतिको दृढता नै मुख्य विषय हो । यस्तै, व्यवसाय प्रतिको ज्ञान पनि चाहिन्छ ।

धेरै व्यवसाय सम्हालिरहनु भएको छ । तपाइमा ति सवै उद्योग व्यवसायको वारेमा ज्ञान छ ?

व्यवसायी बन्नका लागि समान्यतया व्यवस्थापकिय ज्ञान हुनुपर्छ । विशेष गरी मैले लोमश फर्मास्युटिकल्स, सिमेन्ट र माइनिङ उद्योग सम्हालिरहेको छु ।

अहिले पनि धेरै वटा व्यवसाय सम्हालिरहनु भएको छ । व्यवसायिक योजना कसरी बनाउनु हुन्छ ?

काम गरेको अनुभवको आधारमा योजना बनाउछु । म्यानेजमेन्ट इज अ आर्ट ।

के–कस्ता व्यवसायिक योजना बनाउनु भएको छ ?

पहिलो त हाल भएका व्यवसायलाई नै विस्तार गर्ने हो । लोमस फर्मास्युटिकल्सलाई विदेशमा समेत विस्तार गर्दैछौं । आगामी २ महिना भित्र जनकपुरमा क्लिङ्कर उद्योग संचालनमा ल्याउने तयारी भइरहेको छ । हाम्रो व्यवसायको मुल मन्त्र नै एउटा व्यवसाय सफल नभएसम्म अर्को व्यवसाय शुरु गर्दैनौं ।

अरु नयाँ केही व्यवसायिक योजना छन् ?

पर्यटन व्यवसाय शुरु गर्ने योजना बनाएका छौं । यसैगरी, डाटा सेन्टरलाई विस्तार गर्नुका साथै आयुर्वेदिक औषधि उत्पादनलाई बढाउँदै छौं ।

पहिलो तलव कति रुपैयाँ लिुन भएको थियो र अहिले कति छ ?

शुरुमा ६ हजार रुपैयाँ लिएको थिए । अहिले ६ अंकमा छ ।

विहान कतिबजे उठिन्छ ?

५ बजे ।

त्यपछिका दैनिक कार्यतालिका कसरी बनाउनु भएको छ ?

आफ्नो नित्य कर्म सकेर १ कप चिया पिएपछि साढे ६ बजे लोमस फर्मास्युटिकल्सको फ्याक्ट्री जान्छु । त्यसपछि ११ बजे खाना खाएर कर्पोरेट अफिस गएपछि बेलुका साढे ६ बजेसम्म काम गर्छु ।

काठमाडौंमा बसेर जिल्ला वाहिरका उद्योगहरु कसरी सम्हालीरहनु भएको छ ?

आधुनिक युगमा प्रविधिको प्रयोग गर्न जान्नु पर्छ । प्रविधिको प्रयोगबाट वाहिर भएका हरेक उद्योगको यही बसेर व्यवस्थापन गरिरहेको हुन्छु । यस्तै, हरेक १५ दिनमा उपत्यका वाहिर भएका उद्योगहरुको भिजिट पनि गर्छु ।

सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ ?

छैन ।

भगवान मान्नु हुन्छ कि मानिदैन ?

कर्म नै भगवान हो । मन्दिरमा गएर पुजाआजा गर्दिन ।

मनोरञ्जन ?

हप्ताको १ दिन परिवारलाई समय दिन्छु । विशेषगरी राम्रो फिल्म रिलिज हुनेवित्तिकै हलमै गएर हेर्छु ।

मन पर्ने फिल्म ?

पिके ।

मन पर्ने हिरो ?

राजेश हमाल र अमिर खान ।

हिरोइनमा ?

प्रियङका चोपडा र रेखा थापा

कति वटा देशको भ्रमण गर्नु भयो ?

२० वटा जति देशको भ्रमण गरे । त्यसमा सवैभन्दा मन परेको पोखरा नै हो ।

ड्रेस अप ?

क्याजुअल, विशेषगरी लिभाइजको बढी प्रयोग गरिन्छ ।

ग्याजेट्स ?

एप्पल । उद्योगको व्यवस्थापन नै ग्याजेट्सबाटै गर्छु । अहिले कम्पनीको एप्सहरु पनि बनाइरहेको छु ।

अध्ययन ?

बीई, बैंङ्लोरबाट ।

अवको लक्ष्य ?

हाम्रो कम्पनी नेपालमा एक तहको ब्राण्डिङ भएको छ । आगामी दिनमा विदेशमा पनि विस्तार गर्ने योजना छ ।

नेपाली व्यवसायीका मन नपर्ने पक्ष ?

थोरै समयमा धनी हुन चाहन्छन् । उद्योगभन्दा व्यवापार तर्फ बढी आकर्षण भएका छन् । त्यसो गुर्न देशको लागि राम्रो होइन ।

नेपालका मनपर्ने व्यवसायी ?

विनोद चौधरी । उहाँले आफ्नो ब्राण्डलाई विदेशमा स्थापित गराउन सफल हुनु भएको छ यो नै ठूलो विषय हो । व्यवसायका साथै सामाजिक कार्यमा पनि त्यतिकै लाग्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL