Logo

महासंघको मतदान प्रक्रिया शुरु, रोहिणी थपलियाले खसाले पहिलो मत

महासंघको मतदान प्रक्रिया शुरु, रोहिणी थपलियाले खसाले पहिलो मत


बिजखबर संवाददाता
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान पक्रिया शुरु भएको छ । महासंघ निर्वाचन कमिटिले विहान ८ बजेबाट मतदान शुरु गर्ने बताएपनि निर्धारित समयभन्दा डेढघण्टाबाट शुरु भएको थियो ।

यस पटकको पहिलो मत रोहिणी थपलियाले खसाले । यस अघिका निर्वाचनमा अध्यक्ष पदका लागि प्रत्यक्ष मतदान हुँदै आएकोमा यसपटक विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष पदका लागि मतदान भएको छ ।

महासंघ निर्वाचमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र शेखर गोल्छाले आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । निर्धारित समय परिवर्तन नभएका १२ बजेसम्म मतदान हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL