Logo

अन्तिम समयमा उपाध्यक्षहरुले यसरी मागे भोट, बुवाआमाले माइलो र कान्छो छोरा समात्दा जेठो अन्यायमा

अन्तिम समयमा उपाध्यक्षहरुले यसरी मागे भोट, बुवाआमाले माइलो र कान्छो छोरा समात्दा जेठो अन्यायमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका उम्मेदवारले अन्तिम समयमा मञ्चबाटै मत मागेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले गरेको ‘ककस’ कार्यक्रममार्फत उनीहरुले मञ्चबाटै मतदातासँग मत मागेका हुन् । जसका लागि महासंघले बरिष्ठ उपाध्यक्षलाई १०/१० मिनेट र अन्य उपाध्यक्षहरुलाई ७/७ मिनेटको समय दिएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले साना तथा मझौला उद्योगलाई अघि बढाउँदै ठूला उद्योगसँग सहकार्यगरी देशको अर्थतन्त्र उकास्न आफु महासंघको नेतृत्वमा आउन लागेको बताए ।

आफुले उद्योग वाणिज्य महासंघलाई कुन गतिमा लैजाने भनेर स्पष्ट खाका बनाएर महासंघमा उम्मेदवारी दिएको बताए । धेरै प्रतिवद्धता भन्दा पनि काम गरेर देखाउने बाचा सहित महासंघमा आउन लागेको जानकारी दिए ।

महासंघ नीजि क्षेत्रको एकमात्र प्रतिनिधिमुलक संस्था भएका कारण सरकारसँग निरन्तर वार्ता तथा संवादको माध्ययमबाट व्यवसायीको हकहित तथा समग्र आर्थिक क्षेत्रलाई अगाडि बढाउन स्पष्ट भूमिका खेल्ने बताए । महासंघको विभिन्न पदमा रहेर २१ वर्षसम्म नेतृत्व सम्हालेको र अब आफ्ना भिजन निष्कर्षमा पुर्याउन आफुलाई मत दिन समेत आग्रह गरे ।

नेतृत्वमा वसेर काम गर्दा जिल्ला तथा नगरका समस्या र बस्तुगतको समस्याको वारेमा जानकारी लिएको र त्यसलाई समाधान गर्न सरकारसँग कसरी लविङ गर्ने भन्ने विषयमा आफुसँग जानकारी भएको उनको तर्क थियो ।

महासंघका हिजोका दिनमा के भयो भन्दा पनि भोलीका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा सोच्नुपर्ने भन्दै सोही अनुरुप लोभ लालचाभन्दा पनि आफ्नो आत्माले चिताएको व्यक्तिलाई मतदान गर्न समेत उनले आग्रह गरे ।

यसैगरी वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार शेखर गोल्छा पनि व्यवसायीका हकहितका लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । जिल्ला तथा नगर संघमा ठूलो समस्या र चुनौती रहेको बताउँदै त्यस्ता समस्याका वारेमा आफुले चुनाव प्रचारप्रसाको क्रममा जानकारी लिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि पनि आफुलाई जिताउन आग्रह गरे ।

अबका दिनमा सरकारसँग टेवल ठोकेर होइन सही मागहरु प्रस्तुत गरेर व्यवसायीका समस्या समाधान गर्न आफुले योजना बनाएको जानकारी दिए । महासंघले छुट्टै थिङ्कट्याङ्क बनाउने र त्यसै मार्फत व्यवसायीका मागलाई सरकार समक्ष पुर्याउने बताए । आज निजी क्षेत्रकै कारण सरकारले आर्थिक रुपमा फड्को मारेको जानकारी दिँदै देशमा पर्यटन तथा व्यापार पनि सोही अनुरुपले बढिरहेको जानकारी दिए ।

अब देशको मेरुदण्ड नै पर्यटन भएको बताउँदै अबका दिनमा देशमा पर्यटन भित्र्याएर आर्थिक बृद्धिदर सोचेअनुरुप हासिल गर्न सकिने जानकारी दिए ।

भूकम्प र नाकावन्दीमा नेपालको छवी विग्रिए पनि भर्खरै नेपालले आयोजना गरेको लगानी सम्मेलनमा करिव १४ खर्ब रुपैयाँ लगानी प्रतिवद्धता आउनु गौरवको विषय भएको बताए । पछिल्लो समय आर्थिक पक्षसँग जोडिएका वाफिया, सेज, फिटा लगायतका ऐन संसदबाट पास भैसकेको र अन्य कानुन पनि पास हुने क्रममा रहेकाले देशमा लगानीको वातावरण बन्ने उनको भनाइ थियो ।

चुनाव प्रचारप्रसारका क्रममा ४० देखि ५० जिल्लाको भ्रमण गरेर व्यवसायीका समस्या बुझेको र सोही अनुरुप बस्तुगत संघ र एशोसिएट्को पनि समस्या बुझेका कारण आफुले सोही अनुरुप समस्या समाधान गर्न लागि पर्ने बताए । कालोबजारी र वातावरण ऐनमा नीजि क्षेत्र मैत्री बनाउन पहल गर्ने जानकारी दिँदै जिल्ला संघलाई आर्थिक रुपमा शसक्त बनाउन समेत पहल गर्ने बताए ।

महासंघ आर्थिक रुपमा चुस्त र सोही अनुरुप पारदर्शी बनाउन समेत आफु लागिपर्ने बताए । महासंघलाई प्रविधिमैत्री बनाई निजी व्यवसायीको जस्तै सविचालय बनाएर पारदर्शीता र जवाफदेहिता बनाईने उनको तर्क थियो ।

करका विषयमा सामान्य गल्ती हुँदा सरकारले व्यवसायीलाई ठूलो खुद दिने गरेको र अदालती प्रक्रियामा जाँदा जाँदा ५० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थालाई समेत घटाउन लागि पर्ने उनको भनाइ थियो । यदि आफुलाई जिताएर पठाएको खण्डमा व्यवसायीको विश्वासलाई डगमगाउन नदिने समेत उनले आश्वस्थ्य पारे ।

जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठले आफुले महासंघका वसेर जिल्लाका समस्या समाधान गर्न सक्दो सहयोग गरेको र आगामी दिनमा पनि दत्तचित्त भएर लाग्ने बताए । व्यवसायीका समस्या समाधानका लागि हरहमेसा लागिपर्ने समेत उनको बाचा थियो ।

यसैगरी जिल्ला नगरकै उपाध्यक्षका उम्मेदवार प्रमोद श्रेष्ठले जिल्ला तथा नगरेको समस्याको वारेमा आफुले धेरै बुझेको र सदस्यमात्र भएर काम गर्दा सबै समस्या समाधान गर्न नसकेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि अवसर प्रदान गर्न आग्रह गरे । जिल्लामा सरकारले कर तथा अन्य विषयमा सामान्य समस्या पर्दा पनि ठूलो दुख दिने गरको जानकारी दिँदै त्यस्ता समस्या समाधानका लागि आफ्नो उम्मेदवारी गरेको स्पष्ट पारे ।

कार्यक्रमा बस्तुगततर्फका उपाध्यक्षले पनि आआफ्नो एजेण्डा अघि सारेका थिए ।

कार्यक्रममा बोल्दै बस्तुगत उपाध्यक्षमा उम्मेदवार अनुपबहादुर मल्लले बावुाआमाले वेवास्ता गरेकै कारण आफु स्वतन्त्ररुपमा उठ्नु परेको बताए । महासंघमा बस्तुगत संघको समस्या समस्या समाधानका लागि आफुले काम गरेको तर चुनावमा पूर्व अध्यक्ष र वाहालवाल अध्यक्षले माइला र कान्छालाई माया गर्दा आफु समस्यामा परेको बताए । यस अघिका कामको मुल्याङकन गरेर आफुलाई मतदान गर्न मतदातालाई आग्रह गरे ।

बस्तुगततर्फकै उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले देशमा उत्पादन बढाएर रोजगारी सिर्जना गर्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । व्यवसायीका समस्या समाधान गर्न आफुले छुट्टै योजना बनाएको र सोही अनुरुप आफुले व्यवसायीक हकहितमा काम गर्ने बताए । साथै अबका अध्यक्षसँग मिलेर महासंघका गतिविधिलाई सफल रुपमा कार्यान्वय गर्ने समेत उनको तर्क थियो ।

बस्तुगत उपाध्यक्ष उम्मेदवा शंखर पाण्डेले पनि महासंघमा कार्यसमिति सदस्य भएर अघि सारेका एजेन्डालाई कार्यान्वयन गर्न उम्मेदवारी दिएको बताए । सदस्य हुँदा व्यवसायीक हकहितका लागि सुधारका धेरै योजना ल्याएपनि कार्यान्वयन गर्न नसेको भन्दै अब त्यो अबसर दिन मतदाता समक्ष उनको आग्रह थियो । महासंघ चलायमान बनाउन बस्तुगत संघको ठूलो भुमिका भएपनि महासंघले सोही अनुरु स्थान नदिएको उनको तर्क थियो । बस्तुगत संघको हकहितका लागि पनि आफुलाई चुन्न उनको आग्रह थियो ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL