Logo

मुरारकाको सहमती प्रयास असफल, नाटक मञ्चन गरेको प्रधान पक्षको आरोप

मुरारकाको सहमती प्रयास असफल, नाटक मञ्चन गरेको प्रधान पक्षको आरोप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि महासंघ अध्यक्ष पशुपति मुरारकाले गरेको सहमतिको प्रयास असफल भएको छ । मुरारकाले बुधवार दुवै पक्षलाई सहमतीका लागि बोलाएका थिए ।

छलफलमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा र किशोर प्रधान सहभागी थिए । यसैगरी गाेल्छा प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ, वस्तुगत समुह तर्फका उपाध्यक्षका उम्मेदवार उमेश श्रेष्ठ सहभागी थिए भने प्रधान समुहबाट जिल्ला तथा नगर उपाध्यक्ष उम्मेद्ववार प्रमाेद श्रेष्ठ र बस्तुगततर्फका उम्मेद्वार शंकर पाण्डेलगायत सहभागी थिए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान भने अध्यक्षले सहमतिको नाटक मञ्चन गरेको बताए । ‘अध्यक्ष जस्तो व्यक्ति भएर कुनै एउटा प्यानलाई बोकेर खुलेआम घोषणा गर्दै हिड्ने अनि अहिले केका लागि सहमति ?,’ उनले भने ।  साथै यदि अध्यक्षले सहमति नै खोज्ने हो भने सम्मानित भएर तटस्थ बस्नु पर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL