Logo

एक वर्षमा ९२ सेयर ब्रोकरले गरे २१ खर्ब २४ अर्बको सेयर कारोबार, पुरानोबाट एक नम्बरमा नासा, नयाँमा क्यापिटल म्याक्स

एक वर्षमा ९२ सेयर ब्रोकरले गरे २१ खर्ब २४ अर्बको सेयर कारोबार, पुरानोबाट एक नम्बरमा नासा, नयाँमा क्यापिटल म्याक्स



काठमाडौं । एक वर्षमा ९२ सेयर ब्रोकरले २१ खर्ब २४ अर्ब रुपैयाँको सेयर कारोबार गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से ०ले पहिलोपटक कुन ब्रोकर कम्पनीले वर्षभरमा कति कारोबार गरे भन्ने तथ्यांक सार्वजनिक गरेको हो । सोअनुसार गत आर्थिक वर्षभर सञ्चालनमा रहेका ९२ ब्रोकर कम्पनीहरुले २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार गरेका हुन् ।

तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै रकमको सेयर कारोबार गर्नेमा ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीज रहेको छ । एक वर्षको अवधिमा सो ब्रोकरमार्फत २ खर्ब ५८ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सो कम्पनीमार्फत १ खर्ब २९ अर्ब रुपैयाँको सेयर खरिद भएको छ भने १ खर्ब २९ अर्ब रुपैयाँ बराबरकै सेयर बिक्री भएको छ ।

यता, दोस्रोमा इम्पेरियल सेक्युरिटीज रहेको छ । यसले एक वर्षको अवधिमा ८३ अर्ब २१ करोड रुपैयाँको सेयर बिक्री गरेको छ भने ८७ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जसअनुसार यस ब्रोकरमार्फत कुल १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, तेस्रो धेरै सेयर कारोबार गर्नेमा भिजन सेक्युरिटीज रहेको छ । यसले कुल १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । जसअनुसार यस ब्रोकरमार्फत ७९ अर्ब ७८ करोड रुपैयाँको सेयर बेचेको छ भने ७७ अर्ब २३ करोड रुपैयाँको सेयर खरिद भएको छ । अब प्रत्येक महिना कुन ब्रोकरको कारोबार गर्यो भन्ने तथ्यांक नेप्सेले सार्वजनिक गर्ने जनाएको छ ।

कसले कति गरे कारोबार ?

प्रतिक्रिया दिनुहोस्