Logo

जलविद्युतमा विदेशी लगानी भित्र्याउँदै प्राइम बैंक, तल्लो सोलुका लागि ९ अर्व ल्याउन विदेशी बैंकसँग सम्झौता

जलविद्युतमा विदेशी लगानी भित्र्याउँदै प्राइम बैंक, तल्लो सोलुका लागि ९ अर्व ल्याउन विदेशी बैंकसँग सम्झौता


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२५ पुस, काठमाडौं । प्राइम कर्मशियल बैंकले जलविद्युत्मा लगानी गर्नका लागि ठूलो मात्रामा विदेशी पूँजी ल्याउने भएको छ । हाल ‘हाइड्रो फण्ड’ ल्याउने सम्बन्धमा प्राइम बैंकले विभिन्न विदेशी बैंकसँग सम्झौता गरिसकेको समाचार स्रोतले बताएको छ । ‘बैंकले ‘तल्लो सोलु’ हाइड्रोका लागि विदेशी लगानी ल्याउन लागको हो,’ समाचार स्रोतले भन्यो, ‘जसका लागि ‘लो कस्ट फण्ड’मा ९ अर्व रुपैयाँ  ल्याउने सम्झौता गरिसकेको छ ।’

हाइड्रो फण्ड ल्याउने सम्बन्धमा बैंकले बेलायतमा गएर सम्झौता गरेको हो । उक्त रकम ल्याउनका लागि प्राइमले विभिन्न ५ वटा विदेशी बैंकसँग सम्झौता गरेको छ । हाल बैंकले न्युनतम ब्याजमा उक्त लगानी ल्याउन लागेको छ ।  बैंकले न्युनतम ब्याजदरमा दिर्धकालिन फण्ड ल्याउन लागेको समेत समाचार स्रोतले बताएको छ ।

lower silu-hydro

सोलुखुम्वु जिल्लाको तिङ्गलामा बन्न लागेको उक्त हाइड्रो पावरको क्षमता ८२ मेगावाट रहेको छ । सो हाइड्रो पावर ‘एक्सेल–क्लिन सोलु हाइड्रोपावर कम्पनी’ले बनाउँन लागेको हो । २०७० चैतमा लाइसेन्स प्राप्त गरेको उक्त हाइड्रो पावरको समयावधि २१०५ चैत्रसम्म रहेको छ । हालको लागत मुल्य अनुसार उक्त जलविद्युत् आयोजना निर्माणका लागि १३ अर्व ९४ करोड रुपैयाँ लाग्नेछ । अहिले प्रति मेगावाट विद्युत् उत्पादन खर्च १७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

तल्लो सोलु जलविद्युत् आयोजना निर्माणका लागि विदेशी लगानी ल्याउन सम्झौता भएपनि नेपालमा विदेशी लगानी भित्र्याउन बैंकले नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि निवेदन दिएको छ । ‘हाल प्राइम बैंकले हाइड्रो फण्ड भित्र्याउन स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको छ,’ नेपाल राष्ट्र बैंक स्रोतले भन्यो, ‘जलविद्युत्मा विदेशी लगानी भित्र्याउनका लागि बैंकलाई छिट्टै नै सहमति दिइनेछ ।’

कम्पनीले विद्युत् उत्पादन अनुमति प्राप्त गर्दा ४ वर्ष भित्र विद्युत् उत्पादन शुरु गर्ने बताएको थियो। कम्पनीले उक्त आयोजनाबाट उत्पादित विद्युत् खरिदका नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरिसकेको छ । त्यतिबेला ऊर्जा मन्त्रालयले एक्सेल–क्लिनलाई १ वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने गरी लाइसेन्स दिएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् सोलुको लामिडाँडामा रहेको सवस्टेशन जोडिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL