Logo

मन्दिरमा भगवान होइन सेवामा भगवान हुन्छ

मन्दिरमा भगवान होइन सेवामा भगवान हुन्छ


रामराजा श्रेष्ठ
27
Shares

पीएलओ ग्रुपका निर्देशक कृष्णप्रसाद दुलाल नेपाल अटोमोवाइल डिलर्श एशोसियशनको पनि कोषाध्यक्ष हुनुहुन्छ । जेसिसका पूर्व कोषाध्यक्ष समेत रहेका दुलाल अहिलेपनि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

विहान कति बजे उठिन्छ ?

८ बजे ।

त्यसपछि ?

प्रायःजसो ९ बजे अफिस पुग्छु ।

दैनिक कार्यतालिका कसरी बनाउनु भएको छ ?

सर्वप्रथम अफिसमा गएर के–के काम छन् गर्ने । दिउसो प्रायजासो मार्केटिङमा जान्छु । सकेन्ड हाफको केही समय सामाजिक संघसंस्थालाई दिन्छु ।

कुन–कुन संघसंस्थामा हुनुहुन्छ ?

नेपाल अटोमोवाइल डिलर्श एशोसियशन (नाडा)को कोषाध्यक्ष, जेसिसको पूर्व कोषाध्य भएकोेले त्यसमा पनि केही समय दिन्छु । त्यसैगरी, पूर्वका विभिन्न व्यापार संघमा आवद्ध छु ।

आफुले चाहीँ कसरी मनोरञ्जन लिइरहनु भएको छ ?

जिन्दगीको पहिलो उद्देश्य नै मनोरञ्जन हो । मनोरञ्जन नभए केही पनि हुँदैन । यसका लागि ट्राभल गर्नुका साथै फिल्म हेर्छु । कविता पनि लेख्छु ।

हालसम्म कतिवटा देशको ट्राभल गर्नुभएको छ ?

२० वटा जति देशको भ्रमण गरे । अव नेपालको विभिन्न ठाउँको भ्रमण गर्ने रहर छ ।

अहिलेसम्म घुमेकोमध्ये बढी मन परेको ठाउँ ?

थाइल्याण्ड । त्यहाँ पर्यटकलाई स्वागत गर्ने परम्परा नै राम्रो छ ।

आफुले हेरेको मध्ये कुनै मनपर्ने फिल्म ?

हिन्दीमा ‘पिके’ हो भने नेपालीमा ‘नाइ नभन्नु ल २’ । नाइ नभन्नु ल २ हेर्दा धरधरी रोएको छु ।

रुनै पर्ने काहानी के रहेछ त्यस्तो ?

एकदमै मार्मिक छ । विशेषगरी बच्चाको काहानी छ । त्यसैले मन प¥यो ।

तँपाइलाई मन पर्ने नायक/नायिका ?

नायकमा भुवन केसी मन पर्छ भने नायिकामा नम्रता श्रेष्ठ मन पर्छ ।

खाना ?

खानामा अलि बढी सौखिन छु । त्यसमा पनि इण्डियन खाना बढी मन पर्छ ।

ड्रेसअप ?

प्रायःजसो सुट नै लगाउँछु ।

ग्याजेट्स ?

एप्पलको प्रयोग गर्छु ।

अध्ययन ?

बीबीएस ।

तपाइको लक्ष्य ?

नेपाल अटोमोवाइल डिलर्श एशोसियशन (नाडा)को अध्यक्ष बन्ने लक्ष्य छ । त्यस्तै नेपाली लुव्रिकेन्ट्सलाई ग्राहकको पहिलो रोजाइमा पु¥याउने हो ।

नयाँ व्यवसायिक योजना ?

होटल खोल्ने योजना छ । त्यसैगरी थप २ नयाँ ब्राण्डका लुव्रिकेन्ट्स पनि उत्पादन गर्दैछौं । त्यसपछि भनेको समाजसेवा नै हो ।

व्यवसायिक योजना बनाउन कुनै किताव पढ्नुहुन्छ ?

पढ्दिन । अनुभवको आधारमा योजना बनाउछु ।

साहित्य ?

त्यसप्रति एकदमै रुची छ । अहिलेसम्म साहित्यका ५० भन्दा बढी किताव पढीसके । भविष्यमा कविता संग्रह र गीती एल्वम निकाल्ने सोच बनाएको छु ।

आफुलाई मन परेको किताव ?

स्व.जगदिश घिमिरेको ‘अन्तरमनका यात्रा’ र आनी छोइन डोल्माको ‘काटा कि फुल’

धार्मिक आस्था ?

राख्छु । तर, लाइन वसरेर मन्दिरमा पुजा गर्दिन । मन्दिरमा भगवान हुन्छ भन्ने होइन कि सेवामा भगवान हुन्छ ।

नेपालका उद्योगी व्यवसायीको राम्रा/नराम्रा पक्ष ?

नेपालका व्यवसायीले यस्तो सङ्क्रमणकालिन अवस्थामा पनि उद्योग कलकारखाना संचालन गरिरहेका छन् । त्यो नै उनीहरुको राम्रो पक्ष हो ।

सवैभन्दा बढी मनपर्ने व्यवसायी ?

शौरभ ज्योति, शेखर गोल्छा र सौर्य राणा । उनीहरुको काम गर्ने शैली, व्यवसाय प्रतिको लगाव र स्वभाव मनपर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL