Logo

पुर्नबीमा कम्पनीमा लगानी गर्दै सञ्चयकोष, लगानीका लागि अन्य कम्पनीको पनि प्रस्ताव

पुर्नबीमा कम्पनीमा लगानी गर्दै सञ्चयकोष, लगानीका लागि अन्य कम्पनीको पनि प्रस्ताव


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१८ पुस, काठमाडौं । कर्मचारी सञ्चयकोषले नेपाल पुर्नबीमा कम्पनीमा सेयर लगानी गर्ने भएको छ । हाल लगानी गर्ने विषयमा कोषसँग छलफल भइरहेको नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अघिकृत (सीइओ) रमेश लम्सालले बताए । ‘हाल सेयर लगानी गर्ने विषयमा कर्मचारी सञ्चयकोषले एकदमै चासो देखाएको छ,’  उनले भने, ‘कोषले केही समयभित्रै राम्रै लगानी गर्ने छ ।’

सीइओ लम्सालका अनुसार कोषले लगानी गरेसँगै कम्पनीको पूँजी बृद्धि गरिने छ । हाल कोषको चुक्ता पूँजी २ अर्व १० करोड रहेकोमा बृद्धि गरेर केही समयभित्रै ५ अर्व पु¥याइने कम्पनीले जानकारी दिएको छ । साथै, हाल कोषले कम्पनीमा १ अर्व रुपैयाँभन्दा बढी लगानी गर्ने इच्छा देखाएको कम्पनी स्रोतले बताएको छ ।

हाल कम्पनीको अधिकृति पूँजी ५ अर्व रहेको छ भने जारी पूँजी ३ अर्व रुपैयाँ रहेको छ ।

कम्पनीमा लगानी गर्नका लागि नागरिक लगानी कोष र अन्य विदेशी कम्पनीहरुबाट पनि मौखिक रुपमा प्रस्ताव आइरहेको उनले जानकारी दिए । हाल भारतको ‘जीआइसी रि’ कम्पनीले  पनि नेपालको पुर्नबीमा कम्पनीमा लगानी गर्नको लागि छलफल अघि बढाएको छ ।

यता कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासन कृष्णप्रसाद आचार्यले पनि आफुहरु पुर्नबीमा कम्पनीमा लगानी गर्न तयार रहेको बताए । ‘लगानी गर्ने सम्बन्धमा सामान्य रुपमा छलफल भएको थियो,’ उलने भने, ‘पुर्नबीमा कम्पनीबाट औपचारिक रुपमा प्रस्ताव आएपछि बोर्डमा छलफल गरेर लगानी गर्ने छौं ।’

हाल कोषको बैंक वित्तीय क्षेत्र लगानीका लागि आकर्षकको रुपमा रहेको बताउँदै औपचारिक रुपमा प्रस्ताव आएपछि ठूलै रकमको सेयर लगानी गरिने समेत आचार्यले जानकारी दिए । देशमा पुर्नबीमा कम्पनीलाई अघि बढाउनका लागि पनि आफुहरु लगानी गर्न तयार भएको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL