Logo

जेठका लागि १० वाणिज्य बैंकले घटाए ब्याज, ६ को स्थिर, ३ वटाले बढाए

जेठका लागि १० वाणिज्य बैंकले घटाए ब्याज, ६ को स्थिर, ३ वटाले बढाए



काठमाडौं । नेपालमा संचालित वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । सोमबार सबै बैंकहरुले जेठ महिनाका लागि भन्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । जसमा १० वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने अन्य ९ वाणिज्य बैंकहरुमध्ये ३ वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा ६ बैंकले यथावत राखेका छन् ।
सोमबार प्रकाशित विवरणअनुसार जेठ महिनाका लागि भन्दै सबैभन्दा बढी एभरेष्ट नबिल र सिटिजन बैंकले समान र सर्वाधिक ब्याजदर घटाएका छन् । यी बैंकहरुले साविकको तुलनामा जेठका लागि ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् ।

laxmi

यस्तै सिद्धार्थ बैंकले साविकको ब्याजद ०.२५ प्रतिशत विन्दुले घटाउँदा एनएमबी बैंकले ०.१७, राष्ट्रिय वाणिज्य बैंकले ०.१५, नेपाल एसबीआई बैंकले ०.१४ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् ।

यस्तै सानिमा, कुमारी र प्राइम बैंकले पनि आफ्नो ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।

तर, जेठ महिनाका लागि भन्दै ग्लोबल आइएमई, प्रभु र एनआईसी बैंकहरुले भने ब्याजदर बढाएका छन् । यी बैंकहरुले हालको ब्याजदरलाई क्रमशः ०.५०, ०.५० र ०.०५ प्रतिशत विन्दुले घटाएका छन् ।

यता माचापुच्छ्रे बैंक, लक्ष्मी सनराइज, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले भने आफ्नो ब्याजदर यथावत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL