Logo

महालेखा परीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस

महालेखा परीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस



काठमाडौं । महालेखा परीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयमा रहेका रायलाई संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा सिफारिस गरेको हो ।

laxmi

हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा महालेखा परीक्षकको नियुक्ति गर्ने व्यवस्था छ ।

आइतबार बसेको परिषदको बैठकले रायलाई परीक्षकमा सिफारिस गरेको हो । महालेखा परिक्षक बन्नका महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी, शिशिरकुमार ढुंगाना, गोपीनाथ मैनाली, रामशरण पुडासैनी, हरि बस्याल, शंकर खरेल, रामप्रसाद थपलिया, राममाया कुँवर, बाबुराम गौतम, वैकुण्ठबहादुर अधिकारी, चन्द्रकान्त भण्डारी, अशोक कार्की, सुबोधकुमार कर्ण, हरि सिलवाल आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL