Logo

आधा दर्जन सीईओ र सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा, को–को परे ?

आधा दर्जन सीईओ र सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा, को–को परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गरेपछि विकास बैंक र फाइनान्स कम्पनीका सीईओ, सञ्चालक समिति र अध्यक्षसहित आधा दर्जनभन्दा बढी कारवाहीमा परेका हुन् ।

laxmi

मुक्तिनाथ विकास बैंकका सीईओ, अध्यक्ष र सञ्चालक समिति नै केन्द्रीय बैंकको कारवाहीमा परेका छन् । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र सीईओमाथि कारवाही भएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई दुईपटक संस्थागत कारवाही गरिएको छ ।

प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समिति र सीईओले कारवाही भोगेका छन् भने गुडबिल फाइनान्सको पनि सीईओ र सञ्चालक समिति नै कारवाहीमा परेका छन् । यसैगरी, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ पनि कारवाहीमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले यी संस्था, संस्थाका सीईओ, सञ्चालक समिति र अध्यक्षहरुलाई बिभिन्न नियमन उल्लंघन गरेवापत चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधिमा कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL